जापानमा केही कन्सर्ट गर्दै नेपथ्य

काठमाडौँ । श्रृंखलावद्ध कन्सर्ट प्रस्तुतिका लागि लोकरक ब्याण्ड नेपथ्य जापानतर्फ जाने भएको छ । राजधानी टोकियोमा पहिलो कन्सर्ट दिएपछि लगत्तै फुकुओका र ओसाका सहरका मञ्चहरुमा आफूलाई उभ्याउने हिसाबले १४ सदस्यीय टोलीसहित नेपथ्य यही अगस्तमा जापान जान लागेको हो ।
नेपथ्यले टोकियोस्थित ‘तोयोसु पिट’मा अगस्त ८ तारिखका दिन आफूलाई प्रस्तुत गर्नेछ । त्यसैगरी ब्याण्डले अगस्त १२ तारिखका दिन ‘फुकुओका सिभिल हल’ र अन्तिममा अगस्त १७ तारिखका दिन ओसाकास्थित ‘नाम्बा ह्याच’मा आफ्नो प्रस्तुति दिनेछ ।
सन् १९९८ मा नेपथ्य पहिलोपटक जापानमा प्रस्तुति दिएको थियो । पछिल्लोपटक ब्याण्डले आफूलाई सन् २०१८ मा त्यहाँस्थित प्रसिद्ध ‘टोकियो डोम’ मा प्रस्तुत गरेको थियो । ‘जापानसँग धेरै सम्झनाहरु जोडिएका छन्,’ गायक अमृत गुरुङ भन्छन्, ‘जापानसँग जोडिएका मिठा यादहरुमध्ये केही वर्षअघि टोक्यो डोममा हामीले पाएको भव्य मायाको अनुभूति पनि हाम्रो लागि अविष्मरणीय छ ।’ आफूहरु जुनसुकै परिस्थिती र स्वरुपमा पुग्दा पनि जापानका दर्शकहरुले नेपथ्यलाई सदैव न्यानो हृदयका साथ स्वागत गर्दै आएको अमृतको धारणा छ ।
सधैझैँ जापानमा पनि अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाउने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वानदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिससम्म
-
मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ