इन्स्टाग्राममा हाई क्वालिटीको फोटो पोस्ट गर्न अपनाउनुहोस् यो तरिका

इन्स्टाग्राम सुरुमा फोटो सेयरिङ एपको रूपमा आएको थियो तर क्रमशः यस्ता विशेषता थपिँदै गए जसले यसको लोकप्रियतालाई थप बढाउन सहयोग गर्यो । धेरै मानिसले इन्स्टाग्राम रिल्स बनाउन र फोटो अपलोड गर्नका लागि प्रयोग गर्ने गर्छन् । यसो गरेर नै धेरैले फलोअर्स बढाइरहेका हुन्छन् । तर कोहीले भने इन्स्टाग्राममा फोटो र भिडियो यति कम क्वालिटीको अपलोड गर्ने गर्छन् कि यसले धेरै लाइक्स र भ्यु पाइरहेको हुँदैन । त्यसैले आज हामी तपाईंलाई यस्तै एक ट्रिकबारे जानकारी दिँदै छौँ जसका कारण तपाईं उच्च गुणस्तरको फोटो पोस्ट गर्न सक्नुहुनेछ ।
मेटाले प्रयोगकर्तालाई उच्च गुणस्तरमा भिडियो र फोटो अपलोड गर्ने विकल्प दिन्छ । अर्थात् इन्स्टाग्राममा हाई क्वालिटीमा फोटो अपलोड गर्नका लागि प्रयोगकर्ताले इन्स्टाग्राम सेटिङबाट अप्सनलाई एक्टिभेट गर्नुपर्छ ।
– यसका लागि सबैभन्दा पहिला आफ्नो स्मार्टफोनमा इन्स्टाग्राम एप खोल्नुहोस् र लगिन गर्नुहोस् ।
– त्यसपछि मेनु अप्सनमा गएर ह्यामबर्गर मेनु (दायाँ पट्टिको माथिल्लो कुनामा तीनवटा धर्को) मा ट्याप गर्नुहोस् ।
– अब सेटिङ एन्ड प्राइभेसीमा ट्याप गर्नुहोस् ।
– त्यसपछि डेटा युसेज एन्ड मिडिया क्वालिटीमा ट्याप गर्नुहोस् ।
– यहाँ डेटा सेभर बन्द छ कि छैन, हेर्नुहोस् ।
– त्यसपछि अपलोड एट हाइएस्ट क्वालिटी भन्ने अप्सनलाई एनेबल गर्नुहोस् ।
यति गरेपछि तपाईंको काम सकियो । अब एपलाई रिस्टार्ट गर्नुहोस् र फोटो र भिडियो अपलोड गर्न सुरु गर्नुहोस् । इन्स्टाग्रामले अब तपाईंको सबै फोटो र भिडियोलाई हाई क्वालिटीमा अपलोड गर्नेछ ।
तर यस्तो समस्या आउन सक्छ
यद्यपि, यति गरेपछि एउटा कुराले भने तपाईंलाई दुःख दिन सक्छ । हाई क्वालिटी फोटोले तपाईंको समय र डेटा दुवै बढी खर्च गरिदिनेछ । साधारण गुणस्तरमा फोटो र भिडियो अपलोड गर्नु छिट्टै हुन्छ । यद्यपि, हाई क्वालिटीमा फोटो भिडियो अपलोड गर्न धेरै डेटा चाहिन्छ र यसो गर्न अलि बढी समय लाग्न सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खेम र संगीताको ‘धेरै नरिसाउँ’ गीतमा पुष्प र सनिशाको अभिनय
-
गुणस्तरीय पानी वितरणका लागि अब क्लोरिनेसन अनिवार्य
-
उत्तर कोरियाले रुसमा पठायो थप सेना
-
काठमाडौँको वडाबाट निर्वाचित २९५ पदाधिकारी र सदस्यहरूलाई एकैसाथ शपथ गराउँदै रास्वपा
-
कानुन धेरै भएर देशको विकास हुन सकेन : गगन थापा
-
‘सहिदलाई मुर्दावाद भन्नेहरू नेपालको इतिहासका मुर्दाहरू हुन्’