पत्रकार महासङ्घ रुपन्देहीमा तालाबन्दी
आइतबार, १४ साउन २०८०, १५ : ००

रुपन्देही । नेपाल पत्रकार महासङ्घ रुपन्देहीमा नयाँ सदस्यता वितरणप्रति असहमति जनाउँदै प्रेस चौतारीले ताला लगाएको छ ।
पत्रकार महासङ्घले नयाँ सदस्यको सम्बन्धमा गरेको निर्णयमा असहमति जनाउँदै चौतारीले आज महासङ्घको कार्यालयमा तालाबन्दी गरेको हो ।
महासङ्घको साउन ६ गते बसेको बैठकले ३० जनालाई नयाँ सदस्यता दिने निर्णय गरेको थियो । उक्त निर्णयमा सच्चाउन माग गर्दै चौतारी लगायत संस्थाहरूले उजुरी दिँदा पनि महासङ्घ समस्या समाधानमा उदासीन भएकाले तालाबन्दी गर्नुपरेको प्रेस चौतारी रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेलले बताए । सङ्गठनले उठाएका जायज मागहरू सम्बोधन नभएसम्म तालाबन्दी गरिने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काभ्रेको मण्डनदेउपुर नगरपालिकामा बुधबार सार्वजनिक बिदा
-
हार्डवेयर पसलका सञ्चालकविरुद्ध राजस्व छलीको मुद्दा
-
घट्यो पेट्रोल र डिजेलको मूल्य
-
पेट्रोलियम पदार्थको मूल्य घट्यो, अब लिटरमा कति ?
-
प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु
-
जलविद्युतको बीमालाई डिट्यारिफ गर्ने सहमति कार्यान्वयन गर्न बीमा प्राधिकरणसँग इप्पानको माग