अन्ततः ‘हिजाब’ लगारै बेन्जिनाले खेलिन् विश्वकप

काठमाडौँ । महिला विश्वकप फुटबलको आइतबार खेलिएको खेल मोरक्कोका लागि ऐतिहासिक बनेको छ । दक्षिण कोरियाविरुद्धको उक्त खेलमा मोरक्कोले तीनवटा इतिहास रचेको छ ।
उक्त खेलमा मोरक्कोले एसियाली राष्ट्र दक्षिण कोरियालाई १—० गोलले हराएको थियो ।
मोरक्को पहिलो पटक महिला विश्वकपमा सहभागिता जनाएको हो । त्यसैले महिला विश्वकपमा मोरक्कोले हासिल गरेको यो नै पहिलो जित हो । आफ्नो पहिलो खेलमा मोरक्को बलियो प्रतिद्वन्द्वीसँग ६—० गोलले पराजित भएको थियो ।
दक्षिण कोरियाविरुद्घको खेलमा मोरक्कोका लागि इबतिसाम जराइदीले गोल गरेकी थिइन् । उनी पनि मोरक्कोका लागि विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बनेकी छन् । आइतबारको खेलमा मोरक्कोले हासिल गरेको यो दोस्रो उपलब्धि थियो ।
यसैगरी आइतबार दक्षिण कोरियाविरुद्धको खेलमा मोरक्कोकी खेलाडी नोहाइला बेन्जिना ‘हिजाब’ लगाएर मैदानमा ओर्लिएकी थिइन् । यसअघि कुनै पनि खेलाडीले ‘हिजाब’ लगाएर विश्वकप खेलेको थिएन । त्यसैले मोरक्कोकी २५ वर्षीया बेन्जिना ‘हिजाब’ लगाएर विश्वकप खेल्ने पहिलो खेलाडी बनेकी छन् ।
सन् २०१४ मा विश्व फुटबल महासंघ (फिफा) ले खेलाडीले चाहेमा ‘हिजाब’ लगाएर खेल्न पाउने अनुमति दिएको थियो । फिफाले अनुमति दिए पनि यसअघि कुनै खेलाडी ‘हिजाब’ लगाएर विश्वकप खेल्न मैदानमा ओर्लिएका थिएनन् । त्यसअघि फिफाले ‘हिजाब’ लगाएर खेल्न प्रतिबन्ध लगाएको थियो ।
बेन्जिनाले विश्वकप सुरु भएलगत्तै ‘हिजाब’ लगाएर खेल्ने घोषणा गरेकी थिइन् । तर, जर्मनी र मोरक्को बीचको पहिलो खेलमा डिफेन्डर बेन्जिनाले मैदानमा प्रवेश गर्ने अवसर नै पाइनन् । खेल अवधिभर उनी बेञ्चमै बसेकी थिइन् । महिला विश्वकपको नवौं संस्करण अस्ट्रेलिया र न्युजिल्यान्डमा सञ्चालन भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेलेन्स्कीले भने-‘हामी शान्ति चाहन्छौं तर देशै सुम्पिन सक्दैनौं’
-
भेपको अवैध कारोबार गरी कर छल्ने चार जनाविरुद्ध मुद्दा दायर
-
अर्घाखाँचीको धार्मिक स्थल पाणिनिमा चार जिल्लाको सुरक्षा बैठक
-
पाङ्ग्रा जनकपुरमा ! बुद्ध एयरको जहाज काठमाडौँमा अवतरण पछि ग्राउन्डेड
-
एमडीएमएस प्रकरण: पूर्वअध्यक्षद्वय झा र खनाललाई १३ महिना जेल
-
अवकाश हुनुभन्दा १२ दिनअघि भट्टराईलाई एआईजीको फुली ‘उपहार’