सारुकको निधनपछि बिरामी परेका कलाकार सानु ताम्राकार अस्पताल भर्ना
आइतबार, १४ साउन २०८०, १३ : १७
काठमाडौँ । कलाकार सानु ताम्राकार अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई शनिवार अस्पताल भर्ना गरिएको हो ।
उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले जानकारी दिए । ‘सानु दाइ बोल्न, चल्न केही गर्न सक्नुहुन्न’ निरौलाले भने, ‘चिकित्सकले उहाँको उपचार गरिरहेका छन् । भेटघाट पनि बन्द गरिएको छ ।’
ताम्राकार स्वर्गीय अभिनेता सारुकका पिता हुन् । सारुकको निधनपछि उनको स्वास्थ्य अवस्था बिग्रँदै गएको थियो । शनिवार स्वास्थ्यमा झन् जटिलता देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको छ ।
अभिनेता सारुकले गत महिनामा आफ्नै घरमा आत्महत्या गरेका थिए । सारुकको मृत्युको कारण अहिलेसम्म खुल्न सकेको छैन । पछिल्लो समय सारुक फिल्म ‘ह्यासट्याक माया’ को सुटिङमा व्यस्त थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुर क्रिकेट रंगशालाको स्तरोन्नतिको काम छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशन
-
ट्रम्प प्रशासनले अवैध आप्रवासीलाई फिर्ता पठाउन किन सैन्य विमान प्रयोग गरिरहेको छ ?
-
संघीयताको लाभ सबैभन्दा धेरै दुर्गम क्षेत्रहरूले लिएका छन् : वर्षमान पुन
-
राष्ट्रिय प्रजातान्त्रिक युवा संघगठनको महाधिवेशन चैतमा
-
सांसदहरूको निचोड : अस्तव्यस्त देखियो, धेरै ठाउँका छोटी भन्सार बन्द गर्नुपर्छ
-
नेविसंघ शेखर समूहद्वारा स्ववियु तयारी विद्यार्थी भेला सम्पन्न