जसपाले गठन गर्यो तमुवान मगरात आन्दोलन जागरण अभियान
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले तमुवान मगरात आन्दोलन जागरण अभियान गठन गरेको छ ।
जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार पहिचानमा आधारित प्रदेश संरचना निर्माणका लागि दबाब सिर्जना गर्न सो अभियान गठन गरिएको हो ।
मगरात राष्ट्रिय समितिको विस्तारित बैठकबाट नरेश थापाको संयोजकत्वमा अभियानको घोषणा गरिएको उनले बताए । अभियानको सदस्यहरूमा मगरात राष्ट्रिय समितिका पदाधिकारीहरू, मगरात राष्ट्रिय समिति अन्तर्गतका प्रदेशस्तरीय भ्रातृसंगठनका प्रतिनिधिहरू, जिल्ला स्तरीय पार्टी तथा भ्रातृसंगठनका प्रतिनिधिहरू रहने छन् ।
बैठकबाट सुस्मिता थापालाई मगरात राष्ट्रिय समितिको अध्यक्षमा चयन गरिएको छ । समितिको सदस्यहरूमा जगतकाजी गुरुङ, अर्जुन गुरुङ, इन्द्रबहादुर छन्त्याल, वसन्त थापा मगर, रवीन्द्र थापा, थकाली गुरुङ, नरेश थापा, निशा गुरुङ र भलबहादुर थापा मदनलाई समेटेर समितिलाई पूर्णता दिइएको छ ।
त्यस्तै मगरात राष्ट्रिय समिति गण्डकी सञ्चालन कार्यविधि तथा निर्देशिका निर्माण कार्यदल समेत गठन गरेको छ । मगरात राष्ट्रिय समन्वय समितिका इन्चार्ज निर्मल जिसीको संयोजकत्वमा खडक आले, छविलाल राना, सुस्मिता थापा, नरेश थापा रहेको समिति गठन गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय गौरवका आयोजनाहरूमा देखिएका समस्याको समाधान तत्काल गर्न प्रधानमन्त्रीको निर्देशन
-
पूर्वमन्त्रीको संलग्नतामा मानव तस्करी प्रकरण : प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन
-
काठमाडौँ महानगरले १६ दिने लैङ्गिक हिंसाविरुद्धको अभियान सञ्चालन नगर्ने
-
मधेसमा जनमत नेतृत्वको सरकारलाई ‘रिप्लेस’ गर्न चाहन्छ कांग्रेस
-
कीर्तिपुरमा पुरुषको शव फेला, घटनास्थलमा किटनाशक औषधीको बट्टा पनि भेटियो
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सेवा विस्तार गर्ने