गायक तथा सङ्गीतकार चिरञ्जीवीलाई ‘मण्डला राष्ट्रिय प्रतिभा सम्मान २०८०’ प्रदान
आइतबार, १४ साउन २०८०, १२ : २२

काठमाडौँ । गायक तथा सङ्गीतकार चिरञ्जीवी भण्डारी ‘मण्डला राष्ट्रिय प्रतिभा सम्मान २०८०’ बाट सम्मानित भएका छन् । राजधानीमा आयोजित एक समारोहकाबीच उनलाई उपसभामुख इन्दिरा राना मगर, रेशमलाल चौधरी, रेखा यादव, नेपाल एयरलाइन्सका सिइयो युवराज अधिकारीलगायतले उक्त सम्मान प्रदान गरे ।
भण्डारीलाई नेपाली गीतसङ्गीतमा पुर्याएको योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गरिएको हो । उनीसँगै गायिका सामना शाह, गीतकार सुमन वैरागी, गायिका शान्ता जिसी, गजलकार सरला गहा थापा लगायत करिब दुई दर्जन कलाकार सम्मानित भएका थिए ।
नेपाली कला क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको व्यक्तिहरूलाई प्रोत्साहन दिने उद्देश्यले सम्मानको गरिएको आयोजक मण्डला इन्टरटेनमेन्टका भरत समारीले बताए । समारी गायक तथा र्यापर हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय दूतावासमा पहलगाम आक्रमणमा ज्यान गुमाएकाहरूको सम्झनामा श्रद्धाञ्जली सभा
-
स्वतन्त्र प्रेसबिना लोकतन्त्रको कल्पना गर्न सकिँदैन : राष्ट्रपति पौडेल
-
बौद्धिक सम्पत्तिको दर्तालाई प्रोत्साहन गर्नुपर्छ : अध्यक्ष ढकाल
-
‘एक्सेलेरेट एक्सन’ : महिला कलाकारको उद्घोष
-
‘द ग्रेट ग्याट्सबाइ’ को सय वर्ष
-
कलैयाका एक दर्जन निजी अस्पताल तत्काल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन