टोखामा तस्करले खोलेका थिए सुन ‘रिफ्रेमिङ’ कारखाना
_bylMVZLMAo.jpg)
काठमाडौँ । हङहङबाट तस्करी गरेर ल्याएको करिब १ सय किलो सुनबारे अनुसन्धान गरिरहेको राजस्व अनुसन्धान विभागले टोखास्थित ‘कारखाना’मा छापा मारेको छ । टोखा गेट नजिक रहेको सो कारखानामा तस्करी गर्ने समूहले चीनबाट ल्याएको सुन ‘रिफ्रेमिङ’ गर्ने गरेका थिए ।
तिब्बत मूलका भारतीय नागरिक थाप्तेन छिरिङको बयानको आधारमा सो कारखाना भेटिएको अनुसन्धानमा संलग्न एक जना अधिकृतले रातोपाटीलाई जानकारी दिए ।
हङकङबाट ‘रेडी ट्रेड प्रालि’ले मगाएको करिब १ सय किलो सुन साउन ३ मा राजस्व अनुसन्धान विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको गेट बाहिरबाट बरामद गरेको थियो । सुन ‘ब्रेक प्याड’ भित्र लुकाएर ल्याउने गरेको भेटिएको छ । ‘ब्रेक प्याड’मा ल्याएको सुन कारोबारीहरूले अर्कै स्वरूपमा रिप्याक गरेर भारत पठाउने गरेको अनुसन्धान अधिकृतहरूको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।
टोखा स्थित कारखानामा सुन गाल्ने मेशिन र पगाल्ने रसायन भेटिएको छ । ‘प्रिफ्याब’को सो कारखानामा राजस्वले सिल गरेको छ ।
आइतबार सशस्त्र प्रहरी बलको सहयोगमा राजस्व अनुसन्धान विभागको टोलीले सामाखुसीबाट दावा छिरिङलाई पक्राउ गरेको छ । छिरिङ सुन तस्करीमा संलग्न आशङ्का गरिएको छ । तर, उनिबारे थप खुलेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी मुद्राको दरभाउ : आज कसको मूल्य कति ?
-
प्रिमियर लिगमा वेष्ट ह्याम युनाइटेडको सहज जित
-
बेलायती प्रधानमन्त्रीसँगको भेटपछि ह्वाइटहाउसमा ट्रम्पले जेलेन्स्की र युक्रेनी सेनाको गरे प्रशंसा
-
भूकम्पपछि आत्तिएर भाग्दा सिन्धुपाल्चोकमा एक कैदी घाइते, जिल्ला अस्पतालमा उपचार हुँदै
-
भूकम्पपछि सिन्धुपाल्चोकका सिडिओ भन्छन्-हामी तयारी अवस्थामा छौँ
-
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प