राहुल गान्धीको विवाह पुनः चर्चामा, सोनिया गान्धीले महिला किसानलाई भनिन्...

भारतमा लोकसभा चुनाव नजिकिँदै छ र कांग्रेस पूरा शक्तिसहित विपक्षलाई सँगै ल्याउने कोसिसमा छन् । यसमा पूर्व अध्यक्ष राहुल गान्धीले महत्त्वपूर्ण भूमिका निभाइरहेका छन् ।
यसैबीच राहुल गान्धीको विवाहले पनि व्यापक चर्चा पाइरहेको छ । यसको राजनीतिक महत्त्व खोज्ने कोसिस पनि भइरहेको छ ।
जुनमा पटनामा भएको विपक्षी दलको बैठकमा बिहारका पूर्व मुख्यमन्त्री तथा राष्ट्रिय जनता दलका अध्यक्ष लालुप्रसाद यादवले राहुल गान्धीलाई विवाह गर्न सल्लाह दिएका थिए र त्यसको केही दिनसम्म उनले किन यसो भनेर चासो व्यक्त गरिएको थियो ।
अब एक पटक पुनः यो मुद्दा चर्चामा छ । राहुल गान्धीले शनिवार (२९ जुलाई) मा एउटा भिडियो पोस्ट गरेका थिए । यसमा हरियाणाबाट आएका केही महिला किसान र राहुल गान्धी, सोनिया गान्धी र प्रियंका गान्धीबीच भेटघाट देखाइएको छ ।
तीमध्ये एक महिलाले सोनिया गान्धीसँग भनिन्, 'राहुल गान्धीको विवाह गराइदिनु ।'
यसको उत्तरमा सोनिया गान्धीले भन्छिन्, ‘तपाईं केटी खोज्नुस् न ।’
भिडियोमा राहुल गान्धीले पनि यो मुद्दामा बोलेको देख्न सकिन्छ । उनी भन्छन्, ‘हुनेछ ।’
राहुल गान्धीले हालै आफ्नो एक भ्रमणमा यी महिलासँग भेटघाट गरेका थिए र उनलाई आफ्नो घरमा निम्तो दिएका थिए ।
आफ्नो बचन पुरा गर्दै राहुल गान्धीले हरियाणाका सोनीपतकी यी महिला किसानलाई दिल्लीको १० जनपथमा आफ्नी आमा सोनिया गान्धीको घरमा बोलाएका थिए । यी महिलाका लागि खानाको आयोजना सोनियाले गरेकी थिइन् । यी महिलाले पनि आफूसँगै खानाको सामान लिएर आएका थिए ।
राहुल गान्धीले १० जनपथ पुगेका महिला किसानसँग भेटघाटको जुन भिडियो पोस्ट गरेका छन्, ती करिब एक मिनेटको छ ।
यसमा सोनिया गान्धी र राहुल गान्धीलाई भेट्न आएका महिलाले जिएसटी, महँगीदेखि लिएर महिला अधिकारको मुद्दासम्मको कुरा गरिरहेको देखिए ।
यति बेला एक महिलाले सोनिया गान्धीलाई भनिन्, ‘तपाईंले राहुलको विवाह गराइदिनुहोस् ।’
यसको जवाफमा सोनिया गान्धीले उनीसँग भनिन्, ‘तपाईं केटी खोज्नुहोस् न ।’
यति नै बेला राहुल गान्धीले पनि आफ्नो प्रतिक्रिया दिँदै भने, ‘भइहाल्छ नि ।’
यो भेटघाटको भिडियो राहुल गान्धीले आफ्नो सोसल मिडिया ह्यान्डलमा पोस्ट गर्दै लेखेका छन्, ‘आमा, प्रियंका र मेरा लागि एक स्मरणीय पल, केही विशेष पाहुनासँग । सोनीपतका किसान बहिनीको दिल्ली दर्शन, उनीहरूसँग घरमा खाना र मज्जाको कुराकानी ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्दो कोदो खेतीको अवस्थामा रक्सी ब्रान्डिङ कत्तिको सम्भव ?
-
अर्घाखाँचीमा जिप दुर्घटना : २ जनाको मृत्यु, २ जना घाइते
-
शिक्षकहरूले आज सिट्ठी फुकेर प्रदर्शन गर्दै
-
अफगानिस्तानबाट पाँच लाख अमेरिकी हतियार ‘गायब’, अल कायदाको हातमा परेको आशंका
-
राष्ट्रपतिद्वारा सेतो मच्छेन्द्रनाथको दर्शन
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य