इटलीको तटमा भेटियो दुई हजार वर्ष पुरानो रोमन जहाजको भग्नावशेष
आइतबार, १४ साउन २०८०, ०९ : ४५

इटलीको तटमा दुई हजार वर्षभन्दा पुरानो एक प्राचीन रोमन जहाजको अवशेष पाइएको छ । यो मालवाहक जहाज रोमबाट करिब ८० किलोमिटर टाढा सिविटावेचिया बन्दरगाह नजिकै भेटिएको हो ।
जहाजभित्र केही पुराना टेराकोटा भाँडा पाइएका छन् । जहाज २० मिटरभन्दा लामो भएको अनुमान छ ।
यो १६० मिटरको गहिराइमा भेटिएको हो । प्रहरीका अनुसार भग्नावशेषलाई रिमोटबाट बच्ने एक रोबोटको मद्दतले खोजी गरिएको हो ।
जहाजको भग्नावशेषलाई बाहिर निकाल्ने काम गरिनेछ वा छैन भन्ने जानकारी छैन । जहाजको भग्नावशेषको खोज असामान्य होइन । भूमध्य सागर वरिवरि जहाज डुबेको अनुमान छ ।
सन् २०१८ मा करिब साढे दुई हजार वर्ष पुरानो एक जहाज बुल्गारियाको तटमा पाइएको थियो । आधिकारिक रूपमा यसलाई विश्वको सबैभन्दा पुरानो ज्ञात जहाजको भग्नावशेष मानिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अबको दशक मिल्काइसकेको पात्रको बारेमा छलफल गर्ने समय होइन’
-
ऋषभ पन्तलाई १२ लाख भारतीय रुपैयाँ जरिवाना
-
‘रवि लामिछानेको लडाइँ कानुनी मात्रै होइन, राजनीतिक लडाइँ पनि हो’
-
शिक्षकका जायज माग सम्बोधनमा ढिला हुनु हुँदैन : एनपी साउद
-
सूर्यविनायक–धुलिखेल सडकको काम समयमै सकिँदैन : आयोजना
-
‘३५ वर्षसम्म देश लुटेकाहरूको जेलभित्र दश दान र बैतर्नी गर्ने अन्तिम इच्छा छ’