‘बालापनको तीज’ गीत लिएर आइन् बबिना भट्टराई
आइतबार, १४ साउन २०८०, ०७ : २५

काठमाडौँ । तीज पर्व नजिकिएसँगै गायक गायिकाहरूले यसलाई लक्षित गर्दै आफ्ना सृजनाहरू दर्शकमाझ पस्किरहेका छन्। गायिका बबिना भट्टराईले पनि नयाँ गीत लिएर दर्शकमाझ आएकी छन्।
भीष्ममणि पाण्डेको शब्द रचनामा ‘बालापनको तीज’ नामक गीत बबिना भट्टराईको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ। गीतमा बबिनाकै सङ्गीत सुन्न सकिन्छ।
सार्वजनिक गीतमा बाल्यकालको तीजलाई भावनामा व्यक्त गरिएको छ। ‘बालापनको तीज’ गीतमार्फत बालबालिकाहरूमा समर्पित रहेको छ। सांस्कृतिक सम्पत्तिको रूपमा सिर्जना गरिएको तीजको कोसेली साना साना नानीहरूको लागी सांस्कृतिक मनोरञ्जन प्रदान गर्नको लागि यो गीत तयार पारिएको गायिका भट्टराईले बताइन् ।
केशव राज भट्टले निर्देशन तथा कोरियोग्राफी गरेको भिडियोलाई बुद्ध थापाले खिचेका हुन् । यस गीतको भिडियोलाई बन्दे प्रसादले सम्पादन गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एन्जिलाले भनिन्, ‘आमासँगै फिल्म हेरेर रुने हो’
-
हिंसात्मक बन्यो राजावादीको प्रदर्शन
-
ढलेको राजतन्त्र फर्कन सम्भव छैन, जनता गणतन्त्रप्रति गौरव गर्छन् : विप्लव
-
माधव नेपालको चेतावनी : आज कास्टिङमात्र हो, वंशको शासन गर्न खोजे ठुलो मूल्य चुकाउनुपर्ने छ
-
प्रहरीको गोली लागेर एक प्रदर्शनकारी घाइते
-
तीनकुने झडपमा सशस्त्र प्रहरीका ७ जना घाइते, प्रदर्शनकारी पनि घाइते