अध्यक्ष नेपाल स्वदेश फिर्ता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल विभिन्न तीन मुलुकको भ्रमण सम्पन्न गरी आज स्वदेश फिर्ता भएका छन् ।
त्रिदेशीय भ्रमणका क्रममा उनी गत आइतबार इन्डोनेसिया प्रस्थान गरेका थिए । अन्तर्राष्ट्रिय कम्युनिस्ट पार्टीको बैठकमा सहभागी हुन इन्डोनेसिया पुग्नुभएका अध्यक्ष नेपालले कम्युनिस्ट पार्टीहरुको अन्तर्राष्ट्रिय बैठकमा विश्व परिवेशमा कम्युनिस्ट सिद्धान्तको अवस्था, देश विकासमा त्यसको प्रभाव र योगदानबारे विचार व्यक्त गरेका थिए ।
बैठकमा सहभागी भएर अध्यक्ष नेपाल मलेसिया र सिङ्गापुरको भ्रमणमा गएका थिए । करिब एक साताको भ्रमणमा उनले तीनवटै मुलुकका शीर्षनेतासँग शिष्टाचार भेट तथा दुई देशीय हितका बारेमा छलफल गर्नुभएको पार्टी पोलिटब्युरो सदस्य दिलु पन्तले जानकारी दिए ।
पार्टीका नेता तथा कार्यकर्ताले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यक्ष नेपाललाई स्वागत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनकुमारी हत्या प्रकरण : ६ जना पक्राउ
-
शुक्रबारदेखि वीरगञ्जको निषेधाज्ञा हटाइने
-
बाँदर धपाउने क्रममा करेन्ट लागेर मृत्यु
-
घुस दिँदादिँदै पक्राउ परेका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सापकोटा दोषी ठहर
-
कार्यान्वयन योग्य बजेट ल्याउन पूर्व अर्थमन्त्रीहरुको सुझाव
-
१० बजे १० समाचार : रास्वपाको महाधिवेशन सर्यो–राप्रपा निषेधित क्षेत्रमा, प्रहरीको बढुवामा गोलमाल