गण्डकी प्रदेश भित्रका पब्लिक क्याम्पसलाई मर्जर प्रक्रियामा अघि बढ्न मुख्यमन्त्रीको सुझाव

कास्की । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेश भित्रका पब्लिक क्याम्पसलाई मर्जर प्रक्रियामा अघि बढ्न सुझाव दिएका छन् । शनिवार पोखरामा नेपाल पब्लिक क्याम्पस संघ गण्डकी प्रदेशको अधिवेशन उद्घाटन गर्दै उनले भने ‘विद्यार्थी सङ्ख्या, लगानी सबैलाई हेर्दा पब्लिक क्याम्पसहरू मर्जर प्रक्रियामा अघि बढ्दा लगानी अनुसारको प्रतिफल आउन सक्छ ।’
सरकारले उच्च शिक्षामा गरेको लगानी अनुसार प्रतिफल प्राप्त हुन नसकेको बताउँदै मुख्यमन्त्री पाण्डेले कसरी प्रतिफल निकाल्न सकिन्छ भन्ने विषयमा ध्यान दिनुपर्ने सुझाव दिए ।
गण्डकी प्रदेश सरकारले चालु वर्ष सामुदायिक क्याम्पस सँग प्रदेश सरकार कार्यक्रम सञ्चालन गर्ने नीति बनाएर कार्यक्रम सार्वजनिक गरिसकेको उनले बताए । ‘सामुदायिक क्याम्पसँग प्रदेश सरकार’ कार्यक्रम अन्तरगत अहिले एक करोड ७५ लाख रकम विनियोजन भएको छ’ मुख्यमन्त्री पाण्डेले भने ‘चालु वर्ष नै यो रकम पाँच करोड पु¥याईनेछ ।’
प्राध्यापक, सञ्चालक समिति, विद्यार्थीहरूले महसुस गर्ने गरी पब्लिक क्याम्पसलाई गण्डकी प्रदेश सरकारको सहयोग रहने मुख्यमन्त्री पाण्डेले बताए । आवश्यकता र चाहना धेरै तर बजेट थोरै हुँदा बजेट कम भएको उनले बताए । पब्लिक क्याम्पसहरूले शिक्षाको गुणस्तरमा ध्यान दिनुपर्ने, दक्ष युवा जनशक्ति बिदेसिने दर न्यूनीकरण गर्न व्यावसायिक शिक्षा केन्द्रित गर्नुपर्नेमा मुख्यमन्त्री पाण्डेको जोड थियो ।
आफ्नो स्वामित्वमा जग्गा नहुँदा समस्या भएको पब्लिक क्याम्पसहरूको गुनासोपछि मुख्यमन्त्री पाण्डेले पब्लिक क्याम्पसहरूलाई आफ्नै स्वामित्वमा जग्गा ल्याउन सहज हुने गरी कानुन निर्माण गरिने बताए । साथै उनले सामाजिक सेवाको भावनाले क्याम्पस लगायत सार्वजनिक संस्थालाई जग्गा दान गर्दा दाताले तिर्नुपर्ने कर मिनाहा गर्ने गरी कानुन आवश्यक भएको बताए ।
नेपाल पब्लिक क्याम्पस संघ गण्डकी प्रदेशका अध्यक्ष ऋषिराम बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेश भित्रका विभिन्न पब्लिक क्याम्पसका सञ्चालक समिति अध्यक्ष, प्राध्यापक संघका अध्यक्ष र क्याम्पस प्रमुखको उपस्थिति थियो । उक्त कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जितप्रकाश आले मगर, कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसी, प्रदेश नीति योजना आयोग गण्डकीका उपाध्यक्ष कृष्णचन्द्र देवकोटा, पब्लिक क्याम्पस संघका केन्द्रीय अध्यक्ष शत्रुधन गुप्ता लगायतको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खोटाङको हलेसीमा रामनवमी मेला
-
बुण्डेस लिगामा लिभरकुजेनले बायर्नसँग घटायो अंक दुरी
-
स्पेनिस ला लिगामा रियाल मड्रिड हार्यो, उपाधि यात्रामा बार्सिलोनालाई राहत
-
आर्सनल र नटिङघम कमजोर, लिभरपुलले प्रिमियर लिगको उपाधि सजिलै कब्जा गर्ने सम्भावना
-
१२ बजे, १२ समाचार : थाइल्यान्डको भ्रमण सकेर प्रधानमन्त्री स्वदेश फिर्तादेखि रविको पक्राउपछि रास्वपाले जनता सम्झियोसम्म
-
पर्यटन प्रवर्द्धनका लागि देम्बाडाँडामा ‘गल्फ महोत्सव’ हुने