माओवादी पदाधिकारी बैठक : इटाली र भारत भ्रमणबारे ब्रिफिङ

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को उपलब्ध पदाधिकारीहरूको बैठक शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ । पार्टीको आसन्न केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्न बैठक बोलाइए पनि त्यसबारे ठोस निर्णय हुन सकेन ।
बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपाध्यक्ष पम्फा भुसालले आ–आफ्नो विदेश भ्रमणका बारेमा ब्रिफिङ गरेका थिए । प्रधानमन्त्री दाहाल इटालीमा आयोजित संयुक्त राष्ट्र संघ, खाद्य तथा कृषि संगठनद्वारा इटालीको रोम आयोजित ‘फुड सिस्टम समिट’ मा सहभागी भएका थिए । गत साउन ६ गते इटाली प्रस्थान गरेका उनी शुक्रबार नेपाल फर्किएका हुन् ।
त्यस्तै, भुसाल नेतृत्वको माओवादी नेताहरूको टोली भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणमा साता दिनअघि नयाँ दिल्ली गएर फर्किएको हो ।
‘आजको बैठकमा इटाली र भारत भ्रमणबारे ब्रिफिङ भयो । दुवै भ्रमण सफल भएको अध्यक्ष प्रचण्ड र उपाध्यक्ष भुसालले जानकारी गराउनुभयो,’ सचिव दीनानाथ शर्माले रातोपाटीसँग भने ।
केन्द्रीय समितिको बैठकको एजेन्डा तय गर्नेबारे भोलि ३ बजे बजे अन्तिम रूप दिने पनि उनले जानकारी दिए । आजको बैठकमा विशेष महाधिवेशनभन्दा पनि विधान सम्मेलन गर्नेबारेमा छलफल भएको उनले सुनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगञ्जमा भ्यानको ठक्करबाट एक बालकको मृत्यु
-
पाल्पामा मगर दिवस मनाउन सार्वजनिक बिदा
-
फागुनमै विवाह गर्दै अस्मिता र महेश
-
महाशिवरात्रिको तयारी पूरा, बिहान दुई बजेदेखि पशुपतिको चारै ढोका खुला गरिने
-
कांग्रेस–एमालेको काम रास्वपा र रविलाई लखेट्ने हो : सन्तोष परियार
-
डेलिभरी भ्यान अनियन्त्रित भएर घरकोआँगनभित्र छिर्यो, एकको मृत्यु