काठमाडौँ । काठमाडौँ महानगरको ज्यादती अन्त्य गर्नुपर्ने र सबै पेसा व्यवसाय र मानिसहरूलाई समान व्यवहारको माग गर्दै मेयर तथा उपमेयरको कार्यालय अगाडी प्रदर्शन गरिएको छ ।
‘गरिबको चमेली बोल्दिने कोही छैन’ भन्ने नाराका साथ आफूलाई स्वतन्त्र समूहको रूपमा चिनाउँदै आएका समूहले मेयर-उपमेयरको कार्यालय रहेको राष्ट्रिय सभागृह अगाडि प्रदर्शन गरेको हो । लामबद्ध भएर उनीहरूले महानगरले ठेला र फुटपाथ व्यापारी माथि गर्दै आएको ज्यादती अन्त्य गर्न र उचित विकल्प दिन माग गरेका छन् । यसअघि उनीहरुले महानगरपालिकाको कार्यालय अगाडि शान्तिपूर्ण प्रदर्शन गरेका थिए
१ प्रतिक्रिया