चिडियाखानामा सटल बस व्यवस्था गर्ने मेयर महर्जनको घोषणा

काठमाडौँ । ललितपुर महानगरपालिकाले जावलाखेलस्थित सदर चिडियाखानामा सटल बसको व्यवस्था गर्ने भएको छ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई सो चिडियाखानामा दृश्यावलोकन गर्नका लागि सहज होस् भन्ने उद्देश्यका साथ आफूले सटल बसको व्यवस्था छिट्टै गर्ने घोषणा गरेका हुन् ।
विश्व बाघ दिवसको अवसर पारेर शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले १४/१५ सिटको हुने सो बस घुमी रहने र ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरुलाई चिडियाखानाको दृश्य दोहो¥याई, तेहेर्याई हेर्ने गरी आवश्यक व्यवस्था मिलाउने बताए ।
‘ज्येष्ठ नागरिकहरु चिडियाघरमा आउँदा अथवा अपांगता भएका व्यक्तिहरु चिडियाघरमा आउँदा उहाँहरुले राम्रोसँग दृश्यावलोकन गर्न सकुन् भन्नका लागि एउटा सटन बसको व्यवस्थापन गर्न गइरहेको छु’ उनले भने, ‘त्योचाहीँ लगभग १४/१५ सिटको हुन्छ, घुमी रहन्छ । बाघको सेक्सनमा पुग्यो, ओर्लेर बाघ हेर्यो । अर्को ठाउँमा गयो, अर्को हेर्यो । त्यो दोहोर्याई, तेहर्याई हेर्न पाउने गरी म निकट भविष्यमै बसको व्यवस्थापन गर्न गइरहेको छु ।’
मेयर महर्जनले सो चिडियाखाना अगाडि चालू आर्थिक वर्षभित्रै टाइगर गेट बनाउने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । धेरै वर्ष पहिले त्यहाँ रहेको टाइगर गेट भत्काउने काम भएकाले आफूले त्यसलाई पुनः बनाउन लागेको उनको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अफ्रिकी आप्रवासीको जेलमा अमेरिकी हमला, ३० जनाको मृत्यु
-
अम्बानीको कम्पनीका लगानीकर्ताहरूलाई ३० मिनेटमै ६ खर्ब ९० अर्ब भारु फाइदा
-
वैशाख १७ गतेसम्ममा नियमित पठनपाठन सुरु गर्न पोखरा महानगरको पत्राचार
-
प्रधानमन्त्रीबाटै शिक्षकप्रति दमनको भाषा बोल्ने काम भयोः वर्षमान
-
विपिन गुरुङ नेतृत्वको एनआरएनएद्वारा कोरियामा बुद्धको प्रचार, तस्बिरहरू
-
तत्काल शिक्षकका माग सम्बोधन नगरे ठुलो जनआन्दोलन हुने झलनाथ खनालको चेतावनी