सिटी छाडेर साउदी लिगमा महारेज
शनिबार, १३ साउन २०८०, १३ : २५

म्यानचेस्टर । म्यानचेस्टर सिटीका विंगर रियाद महारेज साउदी प्रो लिग क्लब अल–अहलीसँग अनुबन्ध भएका छन् । सिटीसँग दुई वर्षको करार बाँकी रहे पनि ३२ वर्षीय खेलाडी साउदी लिग जाने निर्णय गरेका हुन् ।
साउदीले महारेजका लागि ३ करोड पाउन्ड खर्च गरेको बताइएको छ । अल्जेरियन विंगर सन् २०१८ मा सिटीसँग ६ करोड पाउन्डमा अनुबन्ध भएका थिए । गत सिजन टोलीले ट्रेबल जित्दा उनले ४७ खेलमा १५ गोल गरेका थिए ।
‘म्यानचेस्टर सिटीका लागि खेल्नु मेरो लागि गर्वको कुरा हो,’ महारेजले भने, ‘म उपाधि जित्न र फुटबलको मजा लिन सिटी आएको थिएँ । मैले त्यो सबै हासिल गरेँ, अझ त्योभन्दा बढी पनि ।’ क्लबमा पाँच सिजन रहँदा उनले क्लबलाई १० वटा प्रमुख उपाधिहरू जित्न सहयोग गरेका थिए । यो सिजन साउदी लिगमा करिम बेन्जेमा, एन’गोलो कान्टे, रुबिन डियाज र जोर्डन हेन्डरसन आबद्ध भइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विज्ञापन बोर्डको अध्यक्षका लागि आवेदन आह्वान
-
नेकपा एमाले विराटनगर नगरकमिटीको अध्यक्षमा गिरी निर्वाचित
-
इंग्ल्याण्डका नागरिक कैलालीमा मृत फेला
-
डोटीमा सिकार खेल्ने क्रममा गोली लाग्दा एक युवकको मृत्यु
-
सरकारले अस्पताललाई भुक्तानी दिन सकेन, स्वास्थ्य बिमा गर्नेलाई समस्या
-
अभियानको क्रममा कपिलवस्तुमा प्रचण्ड, बाणगंगामा मर्निङ वाक