व्हाट्सएपमा भिडियो म्यासेजको फिचर

काठमाडौँ । इन्स्ट्यान्ट मेसेजिङ एप व्हाट्सएपले भिडियो म्यासेजको फिचर ल्याएको छ । यो सुविधाको सहायताले प्रयोगकर्ताहरूले छोटो भिडियो सन्देश पठाउन सक्छन्। ह्वाट्सएपको मूल कम्पनी मेटाका सीईओ मार्क जुकरबर्गले फेसबुकलगायत अन्य सामाजिक सञ्जाल प्लेटफर्महरू मार्फत यसबारे जानकारी दिए।
उनले लेखेका छन्, ‘हामी ह्वाट्सएप च्याटमा भिडियो सन्देशलाई तत्कालै रेकर्ड गर्न र सेयर गर्ने क्षमता थप्दैछौँ। यो द्रुत अडियो सन्देश पठाउन जत्तिकै सजिलो छ।’ यससँगै उनले यो फिचरको भिडियो पनि सेयर गरेका छन् ।
व्हाट्सएपको यो सुविधा मार्फत प्रयोगकर्ताहरूले ६० सेकेन्डसम्मको रियल टाइम भिडियो रेकर्ड गरेर पठाउन सक्छन्। कम्पनीको दाबी छ कि यी सन्देशहरू पनि इन्ड-टु-एन्ड इन्क्रिप्टेड हुनेछन्।
प्रयोगकर्ताहरूले अडियो सन्देश विकल्पमा ट्याप गरेर भिडियो सन्देश सुविधा पहुँच गर्न सक्छन् । प्रयोगकर्ताले अडियो मेसेजको विकल्पमा एक पटक ट्याप गरेपछि त्यहाँ भिडियो सन्देशको विकल्प देखा पर्नेछ, त्यसपछि उक्त विकल्पमा थिचेर भिडियो रेकर्ड गरी पठाउन सकिन्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान
-
कर्णालीका शिक्षामन्त्रीले संघीय सरकारलाई भने, ‘शिक्षकका जायज माग सम्बोधन गरेर आन्दोलनबाट फर्काउनुस्’
-
नेप्से ९.७५ अंकले वृद्धि, कारोबार घट्यो
-
प्रभु बैंकको सीईओका रुपमा शेरचनले २०८३ माघसम्मै काम गर्न पाउने, सर्वोच्चले दियो अन्तरिम आदेश
-
चीनको १२५ प्रतिशतको जवाफमा अमेरिकाले लगायो २४५ प्रतिशत ट्यारिफ
-
पन्ध्र गोही राप्ती नदीमा छाडियो