नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको अध्यक्षमा गोयल, नयाँ बोर्ड गठन

काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सिएनआईवाईइएफ) को अध्यक्षमा अनुराग गोयल चयन भएका छन् । मञ्चको वार्षिक साधारण सभाले सन् २०२३÷२०२४ का लागि गोयलको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो ।
मञ्चको विहीबार काठमाडौंमा भएको वार्षिक साधारणसभामा अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्रको सुदृढीकरणमा उद्यमीहरुको महत्वपूर्ण भूमिमा रहेको बताए । स्थापित युवा उद्यमीहरुलाई उद्यम बन्ने नविनतम् सोच राखेका युवाहरुसँग सहकार्य गर्दै अगाडी बढाउन आग्रह पनि गरे । मुलुकको विद्यमान अर्थतन्त्र सुधारका लागि आफूले सक्दो प्रयास गरिरहेको बताउँदै उनले अर्थतन्त्र सुधारका पूर्ण प्रतिबद्धताका साथ काम गरिरहेको बताए ।
नेपाल उद्योग परिसंघका संस्थापक अध्यक्ष विनोद चौधरीले नयाँ सोंच, योजना, लक्ष्य लिएर अगाडि बढेका युवाहरुलाई थोरै मात्र भएपनि प्रोत्साहन गर्दा उद्यमशीलताको विकासमा महत्वपूर्ण योगदान हुने बताए । उनले उद्यमशीलताका माध्यमबाटै देशको आर्थिक विकास हुने भएकाले युवाहरुलाई प्रोत्साहन गर्ने नीति लिन आग्रह गरे ।
यसैगरी परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले देशमै केही गर्न सकिन्छ, विदेश जान आवश्यक छैन भन्ने स्थापित गर्न युवाहरुलाई नीतिबाटै सहजिकरण, प्रोत्साहनको आवश्यकता रहेको बताए । देशमा रोजगारी बढाउन, औद्योगीकरणको विकास गर्दै समग्र आर्थिक विकासका लागि युवा उद्यमीहरुलाई प्रोत्साहन गरिनुपर्नेमा उनले जोड दिए ।
नवनिर्वाचित अध्यक्ष गोयल गोयल गु्रपका प्रबन्ध निर्देशक हुन् । उनी उत्पादनमुलक उद्योग, बैंक, फाइनान्स तथा इन्स्योरेन्स, रियल स्टेट, खानी, जलविद्युतलगायतका क्षेत्रमा संलग्न छन् । गोयलले भारतस्थित सिम्बायोसिस इन्टरनेशनल यूनिभरसिटीबाट फाइनान्समा स्नातकोत्तर तहको अध्ययन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलामुखिको बार आज कुन राशिलाई कस्तो फल ?
-
नेपालमा कति पुग्यो अमेरिकी डलर र अन्य विदेशी मुद्राको मूल्य ?
-
सगरमाथाको काखमा उभिएर कतारकी राजकुमारीले भनिन्-‘हिमालमा जीवन छैन’
-
‘प्रोजेक्ट बैङ्क’मा राखिएका १० हजारबढी आयोजना कटौती
-
आर्सनलको बराबरीले लिभरपुललाई उपाधि जित्न सहज, च्याम्पियन बन्न १ अंकको आवश्यकता
-
आईपीएल : मुम्बईले शान बढाउँदा, हैदरावादको हरिविजोग