एनआरएनए कोरियाको मतदान समय तय

कोरिया । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) दक्षिण कोरियाको आगामी कार्यकाल २०२३ देखि २०२५ को लागि जुलाई २९ मा अधिवेशन र जुलाई ३० मा नयाँ कार्यसमिति चयनका लागि मतदान गरिने निर्वाचन प्रमुख गंगाराज राईले बताएका छन् ।
निर्वाचन जुलाई ३० आइतवार बिहान ६ बजेबाट शुरु भई बेलुका ३ बजेसम्म हुने राईले बताए । उक्त निर्वाचनमा ढुक्कसँग सहभागी भई मतदान गर्न निर्वाचन प्रमुख राईले समस्त कोरियावासी नेपालीहरुलाई आग्रह गरेका छन् । निर्वाचनका बारेमा बिभिन्न हल्ला फैलिएपछि राईले अनलाईन मार्फत निर्धारित समयमै निर्वाचन हुने दावी गरेका हुन् ।
एनआरएनए कोरियाका सँस्थापक अध्यक्ष,एसिया प्याशिफिक संयोजक एबं एनआरएनए अभियन्ता गंगाराज राईले आफू यो सँस्थाको सँस्थापक नै भएकाले र धेरै ठाउँमा यस्ता निर्वाचन सम्पन्न गराईसकेकाले समस्त कोरियावासी नेपालीहरुलाई ढुक्कसँग अनलाईन निर्वाचनमा सहभागी भई आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरे ।
एनआरएनएको अधिवेशनका लागि नेपालबाट प्रमुख अतिथी पर्यटन राज्यमन्त्री सुशीला श्रीपाली ठकुरी,अतिथीहरु संविधान सभा सदस्य हरि ढकाल, नेपाली राजदूतावास सिउलका राजदूत ज्योती प्याकुरेल भण्डारीलगायत कोरिया आइसकेका छन् ।
एनआरएनए कोरियाको नेतृत्वमा ३ जनाको उम्मेदवारी रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धोनीको कप्तानीमा चेन्नईको पुनरागमन, लखनऊ ५ विकेटले पराजित
-
नयाँ वर्षको दिन सङ्खुवासभामा चट्याङ लागेर एकै परिवारका चार जना घाइते
-
१२ बजे, १२ समाचार : नयाँ वर्षको पहिलो दिन पनि शिक्षकहरू सडकमैदेखि बैंकहरूले लागु गरे नयाँ ब्याजदरसम्म
-
धनगढी हाफ म्याराथनको उपाधि आर्मीका खड्कालाई
-
अस्ट्रेलियामा नयाँ प्रजातिका ‘विशबोन’ माकुरा फेला
-
गायक आचार्यको नयाँ म्युजिक भिडियो सार्वजनिक