खाद्य डिपो रित्तिए : सर्वसाधारणलाई समस्या

मुगु । मुगुमा तीन वटा खाद्य डिपो र दुई वटा बिक्री केन्द्रका गोदाम रित्तिएका छन् ।
गत आवको खाद्यान्न कोटाको चामल ढुवानी भइसकेको र यो चालु आवको नयाँ खाद्यान्न कोटा ठेक्का टेण्डर स्वीकृत नहुँदा श्रीकोट, पुलु, सोरुकोट खाद्य डिपो र कालै, रातापानी बिक्री केन्द्रका गोदाम साउन महिनाको सुरुआतमै रित्तिएका हुन् ।
गमगढीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गोदाममा गत आवको स्वीकृत कोटाअन्तर्गत करिब छ सय क्विन्टल चामल जगेडा रहेको क्षेत्रका डिपो र बिक्री केन्द्रका गोदाम खाली भएका छन् । नयाँ ठेक्का टेण्डर स्वीकृत नहुँदासम्म डिपोमा चामल ढुवानी नहुने खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख पुष्कर भामले बताए । यो चालु आवको चामल ढुवानीको लागि ठेक्का टेण्डर स्वीकृत भएपछि चामल ढुवानी सुरु हुने उनको भनाइ छ ।
गोदाममा चामल हुँदा उपभोक्ताको भीड लाग्ने डिपो हिजोआज सुनसान देखिन थालेका छन् । साउनदेखि भदौ महिनासम्म जिल्लाभरका खाद्य डिपोका गोदाम खाली हुने गरेका छन् । खाद्य डिपोमा चामल सकिएपछि उपभोक्ता भने स्थानीय व्यापारीको महँगो चामल किनेर खाद्य बाध्य भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशमा विद्यार्थीहरूले खोले नयाँ पार्टी
-
नेपाल वायुसेवा निगमको ग्राउन्डेड विमानहरू कुन कहिलेदेखि उड्छन् ?
-
फिल्म ‘मायावी’को नयाँ गीत सार्वजनिक
-
पाथीभरा केबलकार निर्माणविरुद्ध भइरहेको आन्दोलन वार्ताबाटै समाधान गर्नुपर्छ : सांसद खतिवडा
-
विजय लघुवित्तको सहयोगमा ३ दिने स्वास्थ्य शिविर
-
एमाले मोरङको अधिवेशन उद्घाटनमा प्रधानमन्त्री ओली आउने