‘चाइनाज इमरजेन्स इन नेपाल्ज इन्फ्रास्ट्रक्चर’ पुस्तक लोकार्पण

काठमाडौँ । नेपालमा चिनियाँ लगानीको इतिवृत्त समेटिएको ‘चाइनाज इमरजेन्स इन नेपाल्ज इन्फ्रास्ट्रक्चरः स्टाट्स, इस्सु एण्ड च्यालेन्जेज’ अर्थात् नेपालको पूर्वाधारमा चीनको उदयः स्थिति, समस्या र चुनौतीहरु पुस्तक शुक्रबार लोकार्पण भएको छ ।
पुस्तकका लेखकहरु तथा सरकारका पूर्व सचिवद्वय लालशंकर घिमिरे, दीपेन्द्रनाथ शर्मा, आइआइडिएसकी निर्देशक डा सुचिता प्याकुरेल, विश्व वैंकका बाहिरी मामिलाका पूर्व वरिष्ठ अधिकारी राजीव उपाध्याय, सेसिफका अध्यक्ष विजयकान्त कर्ण तथा सेसिफका अनुसन्धान सल्लाहकार अजयभद्र खनाल लगायतले पुस्तक संयुक्त रुपमा लोकार्पण गरेका थिए ।
सेन्टर फर सोसल इन्क्लुजन एण्ड फेडेरालिज्म (सेसिफ)ले प्रकाशन गरेको पुस्तक अमिशराज मुुल्मी, अर्पण गेलाल, अनिल गिरी, रौनवसिंह खत्री र मिलन आचार्यले लेखेका हुन् ।
सो अवसरमा सेसिफका अध्यक्ष विजयकान्त कर्णले भने, ‘बीआरआई बारे धेरै दुविधा छ । चिनियाँ कन्ट्रेक्टर र नेपाली निर्णयकर्ताहरुको स्थानीय एजेन्टहरुबीचको सम्बन्धबारे नेपाली मिडियामा कहिलेकाहीँ आउँछ । तर, चिनियाँ कम्पनी र ठेकेदारहरुसँग नेपालले कसरी संलग्नता देखाएको छ यसबारे खासै अध्ययन भएको देखिएन । त्यही अध्ययनस्वरुप यो पुस्तकले पूर्णता पाएको हो ।’
६ अध्यायमा विभाजित नेपालको पूर्वाधार क्षेत्रमा चिनियाँ संलग्नताको डरलाग्दो पाटो तथ्यसहित पुस्तकमा विश्लेषण गरिएको छ ।
विश्वको बदलिँदो भूराजनीतिक परिस्थितिमाझ नेपालका छिमेकी चीन, भारतदेखि जापान, अमेरिका, बेलायत जस्ता मुलुकहरुले पूर्वाधारमा गर्दै आएको लगानीभित्र कसरी तिनको स्वार्थ गाँसिएका हुन्छन् भनेर पुस्तकमा समेटिएको पुस्तक लेखक मध्येका एक अमिशराज मुल्मीले बताए ।
पुस्तक लोकार्पणसँगै पूर्व सचिवद्वय लालशंकर घिमिरे, दीपेन्द्रनाथ शर्मा, आइआइडिएसकी निर्देशक डा सुचिता प्याकुरेल, विश्व वैंकका बाहिरी मामिलाका पूर्व वरिष्ठ अधिकारी राजीव उपाध्यायसँग अजयभद्र खनालले नेपालमा बाह्य लगानीबारे छलफल चलाएका थिए ।
छलफलका बक्ताहरुले कुनै पनि राष्ट्रले विना स्वार्थ लगानी नगर्ने विचार व्यक्त गरेका थिए । संझौताको क्रममा लगानीकर्ताहरुले आफ्नो संविधान बढी च्यापेको तर नेपाल लगानी भित्र्याउने नाममा नतमस्तक हुने गरेको आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धोनीको कप्तानीमा चेन्नईको पुनरागमन, लखनऊ ५ विकेटले पराजित
-
नयाँ वर्षको दिन सङ्खुवासभामा चट्याङ लागेर एकै परिवारका चार जना घाइते
-
१२ बजे, १२ समाचार : नयाँ वर्षको पहिलो दिन पनि शिक्षकहरू सडकमैदेखि बैंकहरूले लागु गरे नयाँ ब्याजदरसम्म
-
धनगढी हाफ म्याराथनको उपाधि आर्मीका खड्कालाई
-
अस्ट्रेलियामा नयाँ प्रजातिका ‘विशबोन’ माकुरा फेला
-
गायक आचार्यको नयाँ म्युजिक भिडियो सार्वजनिक