विवेकशील साझाले सार्वजनिक गर्यो राजनीतिक दस्ताबेज र वार्षिक कार्यनीति

काठमाडौँ । विवेकशील साझा पार्टीले छैटौँ स्थापना दिवसको अवसरमा पार्टीको राजनीतिक दस्ताबेज र वार्षिक कार्ययोजना सार्वजनिक गरेको छ।
पार्टी मुख्यालय बखुण्डोलमा बिहीबार आयोजित समारोहमा अध्यक्ष समीक्षा वास्कोटा, उपाध्यक्ष प्रकाशचन्द्र परियार र विमला अधिकारी, महासचिव रन्जु दर्शना, सचिवद्वय विमल तामाङ र समुन्द्र केसी, कोषाध्यक्ष दामोदर नेपाल र प्रवक्ता आशुतोष प्रधानले राजनीतिक दस्ताबेज र वार्षिक कार्ययोजना संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।
सो समारोहमा पार्टी जीवनका विभिन्न कालखण्डमा योगदान गरेका अगुवाहरुलाई कृतज्ञता पत्र प्रदान गरिएको केन्द्रीय कार्यालय व्यवस्थापन विभाग प्रमुख नवराज थापाले जानकारी दिए ।
समारोहमा पार्टीका दिवंगत संस्थापक नेताहरु उज्वल थापा, रमेश महर्जन, प्रेम आचार्य, कृष्णा ताम्राकार र अरुण शाक्यलाई विशेष स्मरण गरिएको बताइएको छ ।
प्रमुख थापाका अनुसार वार्षिकोत्सवको अवसरमा पार्टीले शनिबार वृक्षारोपण र रक्तदानको आयोजना गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काभ्रेका ९५ प्रतिशत बालिकाले लगाए ‘एचपीभी’ खोप
-
१० जना प्रहरीको नाममा प्रधान कार्यालयले निकाल्यो सूचना
-
शान्ति सुरक्षा भङ्ग हुनसक्ने परिस्थिति उत्पन्न भएको भन्दै ताप्लेजुङमा कर्फ्यु
-
च्याम्पियन्स ट्रफी : इंग्ल्याण्डविरुद्ध अस्ट्रेलियाको कीर्तिमानी जित
-
दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
आगलागीका घटना न्यूनीकरण गर्न शुक्लाफाँटामा सचेतना