स्मिथको कीर्तिमानी क्याच
काठमाडौँ । इङ्ल्यान्डविरुद्दको परम्परागत एसेस टेस्ट क्रिकेटमा अस्ट्रेलियाका स्टिभन स्मिथले एउटा कीर्तिमान बनाएका छन् । उनी एसेस टेस्ट क्रिकेटको इतिहासमा सर्वाधिक क्याच लिने खेलाडी बनेका छन् । इङ्ल्यान्डविरुद्दको पाँचौं तथा अन्तिम टेस्टको पहिलो दिन बिहीबार उनले यस्तो कीतिृमान बनाएका हुन् ।
उनले इङ्ल्यान्डका ओपनर ब्याट्सम्यान ज्याक क्रावलीको क्याच लिएका थिए । क्रावली २२ रन बनाएर प्याट कुमिन्सको बलमा स्मिथद्वारा क्याच भएका थिए । स्मिथले क्रावलीको क्याच स्लिपमा लिएका थिए । एसेस टेस्ट क्रिकेटको इतिहासमा स्मिथले ब्यक्तिगत रुपमा लिएको यो ५५ औं क्याच हो ।
यसअघि एसेस क्रिकेटमा सर्वाधिक क्याच लिने खेलाडीको कीर्तिमान इङ्ल्यान्डका अलराउन्डर सर ईयान बोथमको नाममा थियो । बोथमले ५४ वटा क्याच लिएका थिए ।
क्रावलीको क्याच लिएपछि स्मिथले इङ्ल्यान्डका अर्का ब्याट्सम्यान ह्यारी ब्रुकको क्याच पनि लिएका थिए । स्मिथले एसेस टेस्टमा लिएको त्यो ५६औं क्याच थियो । ब्रुक्स ८५ रन बनाउँदै मिचेल स्टार्ककको बलमा स्मिथद्वारा क्याच भएका थिए ।
पाँचौं टेस्टको पहिलो दिन इङ्ल्यान्ड आफ्नो पहिलो पालीमा दुई सय ८३ रन बनाउँदै अलआउट भएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको अस्ट्रेलियाले पहिलो दिनको खेल समाप्त हुँदासम्म एक विकेट गुमाएर ६१ रन बनाएको छ ।
पाँच टेस्टको एसेस शृंखलामा अस्ट्रेलिया २-१ ले अगाडि छ । पहिलो र दोस्रो टेस्टमा अस्ट्रेलिया विजयी भएको थियो । तेस्रो टेस्टमा इङ्ल्यान्ड विजयी भएको थियो । चौथो टेस्ट भने वर्षाका कारण अनिर्णित रुपमा सकिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेश सभाको अधिवेशन माघ पहिलो साता
-
इसेवा वालेटमा समस्या, भएको के हो ?
-
शमीले बोर्डर-गावस्कर ट्रफी खेल्न अस्ट्रेलिया जान नपाउने, मेडिकल टोलीद्वारा अयोग्य घोषित
-
काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालबिचको समस्या मिलाउन सहजीकरण समिति गठन
-
सरकारले कर आतंक मच्चायो, संघर्षको विकल्प छैन : साह
-
काठमाडौँ महानगरपालिका नगर सभाको अधिवेशन आह्वान