महिला विश्वकप : इङ्ल्यान्डको लगातार दोस्रो जित

काठमाडौँ । महिला विश्वकप फुटबलको शुक्रबार भएको खेलमा इङ्ल्यान्डले जित हासिल गरेको छ । समूह ‘डी’ अन्तर्गतको सिड्नीमा खेलिएको खेलमा इङ्ल्यान्डले डेनमार्कमाथि १—० गोलको प्रतिस्पर्धात्मक जित हासिल गर्यो ।
खेलको प्रारम्भमै गरेको गोल नै इङ्ल्यान्डको जितका लागि पर्याप्त भयो । खेल सुरु भएको छैटौं मिनेटमा इङ्ल्यान्डका लागि लाउरेन जेम्सले निर्णायक गोल गरेकी हुन् । त्यसपछि दुबैतर्फबाट थप गोल हुन सकेन ।
इङ्ल्यान्ड लगातार दोस्रो जितसँगै ६ अंक बटुलेर तालिकाको पहिलो स्थानमा छ । समान दुई खेल खेलेको डेनमार्क तीन अंकसहित तालिकाको दोस्रो स्थानमा छ । इङ्ल्यान्डले आफ्नो पहिलो खेलमा हाइटीलाई १—० गोलले हराएको थियो ।
डेनमार्कले भने आफ्नो पहिलो खेलमा चीनलाई १—० गोलले हराएको थियो । एक—एक खेल खेलेका चीन र हाइटीले भने हालसम्म खाता खोल्न सकेका छैनन् । समूहगत चरणको अन्तिम खेलमा अगस्त १ तारिखमा इङ्ल्यान्डले चीनको र डेनमार्कले हाइटीको सामना गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन्तोषीको लन्डन म्याराथनमा नयाँ कीर्तिमान, सन्तोष गिनिज वर्ल्ड रेकर्डमा दर्ता
-
एकताको महाधिवेशन सफल बनाउन सघाउनु सरकारको पनि दायित्व हो : शर्मा
-
शिक्षक आन्दोलनले देशलाई पछाडि धकेल्छ : अध्यक्ष बिजुक्छे
-
१० बजे १० समाचार : शिक्षक आन्दोलनबारे सर्वोच्चलाई सरकारको जवाफ, पोखरा विमानस्थलसम्बन्धी प्रतिवेदन हस्तान्तरण
-
पाथीभरा केबलकारद्वारा आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान
-
वैशाख १९ गते सङ्घीय संसद्का दुवै सदनलाई राष्ट्रपतिले सम्बोधन गर्ने