सुरेश अधिकारीमाथिको प्रतिबन्ध फिर्ता लिन प्रतिष्ठानको आग्रह

काठमाडौँ । संगीतकार तथा रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारीविरुद्ध रेडियो प्रसारकहरुले लगाएको प्रतिबन्ध तत्काल फिर्ता लिन लोक तथा दोहोरी गीत प्रतिष्ठानले अनुरोध गरेको छ ।
शुक्रबार प्रतिष्ठानले एक विज्ञप्ति जारी गर्दै राज्यको महत्वपूर्ण चौथो अंग मानिने सञ्चार क्षेत्रको रूपमा चिनिने रेडियोहरूका प्रतिनिधि संस्थाहरूबाट सांगीतिक सृजनामाथि नै प्रतिबन्ध घोषणा हुनु असान्दर्भिक, असभ्य र अशोभनीय भएको प्रतिष्ठानको ठहर छ ।
‘नेपालका स्वतन्त्र रेडियो सम्वद्ध छाता संगठन, रेडियो ब्रोडकाष्टर्स फोरम नेपाल, ब्रोडकाष्टिङ्ग एसोसिएसन अफ नेपाल र सामुदायिक रेडियो प्रसारक संघको संयुक्त नामबाट मिति २०८०/०४/०४ मा जारी गरिएको वरिष्ठ गीतकार संगीतकार तथा संगीत रोयल्टी संकलन समाज नेपालका अध्यक्ष श्री सुरेश अधिकारी ज्यूको सांगीतिक सृजना प्रसारण नगर्ने भनी जारी गरिएको संयुक्त प्रेस विज्ञप्ति प्रति राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा अगाडि भनिएको छ ‘प्रतिलिपि अधिकार ऐन २०५९ बमोजिम स्रष्टा, सर्जक, उत्पादक तथा प्रस्तोताको हक र अधिकारका निम्ति प्रतिष्ठान सदा जिम्मेवार र चनाखो समेत रहेको छ । कलाकारका अधिकारका निमित्त जस्तोसुकै परिस्थितिको सामना गर्न पनि तयार रहेको प्रष्ट पार्दछौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीमा अपराध न्यूनीकरण गर्न सशस्त्र प्रहरीसम्बन्धी कानुन संशोधन गर्न लागिएको होः गृहमन्त्री
-
कानुन निर्माणमा लापरबाही, चार जना सांसदले बोलेर पारित भयो विधेयक
-
सशस्त्र प्रहरीको बढुवामा ज्येष्ठतालाई मुख्य आधार बनाउनुपर्ने
-
कोटीहोम विवादः अन्तरिम आदेशमा असन्तुष्टि जनाउँदै महानगरको भ्याकेट
-
‘नो केबलकार समूह’ लाई फेरि वार्तामा बोलायो सरकारले
-
नेतृत्व टीम नबदलिएसम्म पार्टी निर्माण हुन सक्दैन : जनार्दन शर्मा