इङ्ल्यान्डविरुद्ध स्मिथको कीर्तिमानी क्याच

काठमाडौँ । इङ्ल्यान्डविरुद्ध परम्परागत एसेस टेस्ट क्रिकेटमा अस्ट्रेलियाका स्टिभन स्मिथले एउटा कीर्तिमान बनाएका छन् । उनी एसेस टेस्ट क्रिकेटको इतिहासमा सर्वाधिक क्याच लिने खेलाडी बनेका छन् ।
इङ्ल्यान्डविरुद्ध को पाँचौँ तथा अन्तिम टेस्टको पहिलो दिन बिहीबार उनले यस्तो कीर्तिमान बनाएका हुन् । उनले इङ्ल्यान्डका ओपनर ब्याट्सम्यान ज्याक क्रावलीको क्याच लिएका थिए । क्रावली २२ रन बनाएर प्याट कुमिन्सको बलमा स्मिथद्वारा क्याच भएका थिए ।
स्मिथले क्रावलीको क्याच स्लिपमा लिएका थिए । एसेस टेस्ट क्रिकेटको इतिहासमा स्मिथले ब्यक्तिगत रूपमा लिएको यो ५५औँ क्याच हो । यसअघि एसेस क्रिकेटमा सर्वाधिक क्याच लिने खेलाडीको कीर्तिमान इङ्ल्यान्डका अलराउन्डर सर ईयान बोथमको नाममा थियो । बोथमले ५४ वटा क्याच लिएका थिए ।
क्रावलीको क्याच लिएपछि स्मिथले इङ्ल्यान्डका अर्का ब्याट्सम्यान ह्यारी ब्रुकको क्याच पनि लिएका थिए । स्मिथले एसेस टेस्टमा लिएको त्यो ५६औँ क्याच थियो । ब्रुक्स ८५ रन बनाउँदै मिचेल स्टार्ककको बलमा स्मिथद्वारा क्याच भएका थिए ।
पाँचौँ टेस्टको पहिलो दिन इङ्गल्यान्ड आफ्नो पहिलो पालीमा दुई सय ८३ रन बनाउँदै अलआउट भएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको अस्ट्रेलियाले पहिलो दिनको खेल समाप्त हुँदासम्म एक विकेट गुमाएर ६१ रन बनाएको छ ।
पाँच टेस्टको एसेस शृङ्खलामा अस्ट्रेलिया २—१ ले अगाडि छ । पहिलो र दोस्रो टेस्टमा अस्ट्रेलिया विजयी भएको थियो । तेस्रो टेस्टमा इङ्गल्यान्ड विजयी भएको थियो । चौथो टेस्ट भने वर्षाका कारण अनिर्णित रूपमा सकिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइतबारदेखि मौसम क्रमिक रूपमा सुधार हुने
-
जनकपुर भन्सारद्वारा २४ करोड ७३ लाख राजश्व सङ्कलन
-
सत्यराज आचार्य अब साहित्यकार ‘सराज’ पनि
-
व्यावसायिक फुटबल खेल्न एन्जिला तुम्बापो ग्रिस प्रस्थान
-
वीर अस्पतालले दुई सिफ्टमा शल्यक्रिया सेवा सुरु गर्ने
-
शिक्षा विधेयक विद्यार्थी र अभिभावक केन्द्रित बनाएर पारित गर्छौं : गृहमन्त्री लेखक