सिटिजन बैंकको एक वर्षको नाफा २ अर्ब २१ करोड
काठमाडौँ । सिटिजन्स बैंकको नाफामा १०.४१ प्रतिशतले वृद्धि भएको । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा २ अर्ब ५६ लाख १० हजार रुपैयाँ खुद नाफा कमाएको बैंकले आर्थिक वर्ष २०७९/८० मा २ अर्ब २१ करोड ४४ लाख २५ हजार रुपैयाँ नाफा कमाएको हो ।
गएको एक वर्षमा बैंकले थप २० करोड ८८ लाख १५ हजार रुपैयाँ नाफा वृद्धि गरेको हो । यस्तै गत आर्थिक वर्षमा बैंकले खुद ब्याज आम्दानी १७.३० प्रतिशतले र सञ्चालन नाफा १३.४२ प्रतिशतले वृद्धि गर्दै क्रमशः ५ अर्ब ८५ करोड ७२ लाख ७४ हजार रुपैयाँ र ३ अर्ब ७ करोड २७ लाख रुपैयाँ कमाएको छ । जसका कारण बैंकको खुद नाफा पनि बढेको हो ।
तथापि, गत आर्थिक वर्षमा बैंकको खराब कर्जा (एनपीएल) दर बढेको छ । अघिल्लो आर्थिक वर्षमा औषत २.२२ प्रतिशत रहेको बैंकको खराब कर्जाको दर २०८० असार मसान्तसम्ममा बढेर ३.१९ प्रतिशत पुगेको छ । यसले बैंकको लगानी र नाफा दुबैमा जोखिम पुर्याएको छ ।
समीक्षा वर्षमा सिटिजन्स बैंकको वितरण योग्य नाफा ९८ करोड ६० लाख ७३ हजार रुपैयाँ रहेको छ भने बैंकको रिजर्भ कोष २४.५१ प्रतिशतले बढेर ६ अर्ब ७ करोड ४७ लाख नाघेको छ । बैंकको प्रतिसेयर आम्दानी १ रुपैयाँ ४७ पैसाले बढेर १५ रुपैयाँ ५९ पैसा कायम भएको छ भने प्रतिसेयर नेटवर्थ १५० रुपैयाँ ८ पैसा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किन हडतालमा उत्रिए वायुसेवा निगमका पाइलटहरू ?
-
पूर्व प्रधानमन्त्रीहरूसँग ओली : यसपटक चीनसँग ऋण सम्झौता गर्दिनँ
-
बालेन र हर्कलाई मुकुलको आह्वान : वैकल्पिक राजनीतिक धार निर्माणका लागि एकजुट हौँ
-
काठमाडौँ–१६ को उपनिर्वाचनमा १० स्वतन्त्रसहित १८ जना मैदानमा, कसको चुनाव चिह्न के ? (सूचीसहित)
-
रुकुम पश्चिममा चक्कु प्रहार गरेर छोराले गरे बाबुको हत्या
-
उत्तर प्रदेशको सम्भल हिंसामा मर्नेको सङ्ख्या ४ पुग्यो