दक्षिण अफ्रिकासँग बराबरीमा रोकिएपछि अप्ठ्यारोमा अर्जेन्टिना

काठमाडौँ । नवौँ महिला विश्वकप फुटबल प्रतियोगिताको शुक्रबार खेलिएको खेलमा दक्षिण अफ्रिकाले अर्जेन्टिनालाई २—२ गोलको बराबरीमा रोकेको छ । समूहगत चरणको आफ्नो दोस्रो खेलमा बराबरीमा रोकिएपछि अर्जेन्टिना अप्ठ्यारोमा परेको छ ।
समूह ‘जी’ मा दुई खेल खेलेको अर्जेन्टिना एक अङ्कसहित चौथो स्थानमा छ । दुई खेलबाट एक अङ्क बटुलेको दक्षिण अफ्रिका तेस्रो स्थानमा छ । एक खेल खेलेको स्विडेन तीन अङ्कसहित पहिलो र एक खेलबाटै तीन अङ्क जोडेको इटाली दोस्रो स्थानमा छन् ।
अर्जेन्टिना आफ्नो पहिलो खेलमा इटालीसँग १—० गोलले पराजित भएको थियो । अर्जेन्टिनाले समूहगत चरणको तेस्रो तथा अन्तिम खेल स्विडेनसँग खेल्नेछ । दक्षिण अफ्रिकाविरुद्धको खेलमा दुई गोलले पछाडि परेको अर्जेन्टिनाले उत्कृष्ट पुनरागमन गर्दै नतिजालाई बराबरीमा टुङ्ग्याएको थियो ।
खेल सुरु भएको ३०औँ मिनेटमा लिन्डा मोटहलोले पहिलो गोल गरेकी थिइन् । ६६औँ मिनेटमा कगातलानाले दक्षिण अफ्रिकाको अग्रता दोब्बर बनाएकी थिइन् । त्यसपछि अर्जेन्टिना खेलमा फर्किएको थियो । ७४औँ मिनेटमा अर्जेन्टिनाका लागि सोफिया ब्राउनले पहिलो गोल गरिन् । ७९औँ मिनेटमा रोमिना नुनेजले दोस्रो गोल फर्काएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशको सर्वदलीय बस्दै
-
३५ किलो गाँजासहित एक जना पक्राउ
-
संसद्को चालु अधिवेशनको अन्तिम बैठक आज बस्दै, यस्तो छ कार्यसूची
-
आजदेखि विमानस्थल सञ्चालन १८ घण्टा, मध्यपूर्वका एयरलाइन्सलाई क्यानको ‘सबक’
-
नारायणगढ–बुटवल सडक : पूर्वी खण्डमा कालोपत्र
-
बागमती सरकारले नीति आयोग कार्य सञ्चालन गर्न कानुन बनाउने