विश्वभरी यस पटक जुलाई महिना सबैभन्दा गर्मी हुने, १ लाख २० हजार वर्षको रेकर्ड तोडिन सक्ने

विश्वभरी जुलाईलाई सबैभन्दा गर्मी महिना मानिएको छ । वैज्ञानिकका अनुसार यस पटक जुलाईको गर्मीले सन् २०१९ को गर्मीको रेकर्ड पनि तोड्नेछ ।
यो महिना सकिन अझै केही दिन बाँकी नै छ । केही विशेषज्ञका अनुसार यस वर्ष जुलाई पछिल्लो १,२०,००० वर्षकै सबैभन्दा गर्मी महिना साबित हुन सक्छ । युरोप र अमेरिकासमेत विश्वका थुप्रै हिस्सामा भीषण गर्मीको प्रकोप छ ।
धेरै देशमा चर्को गर्मी बढिरहेको छ । संयुक्त राष्ट्र प्रमुख एन्टोनियो गुटेरेसले विश्व ग्लोबल वार्मिङबाट अघि बढेर ग्लोबल बोयलिङको चरणमा पुगिसकेको बताएका छन् ।
वैज्ञानिकका अनुसार जीवाश्म इन्धनको बढी प्रयोगले गर्मी बढिरहेको छ । नेपाललगायत भारतमा पनि जुलाईमा असाधारण गर्मी देखिएको छ । वैज्ञानिकले यो ग्लोबल वार्मिङको नतिजा भएको बताएका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले जलवायु परिवर्तन हाम्रो अस्तित्वको लागि चुनौती बनेको बताएका छन् । उनका अनुसार अब कसैले पनि जलवायु परिवर्तनको वास्तविकतालाई अस्वीकार गर्न सक्दैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोयल च्यालेन्जर्स बैंग्लुरुविरुद्ध गुजरातको शानदार जित, बट्लरको विष्फोटक ब्याटिङ्
-
‘मिर्गी’ रोग पीडित बालिकाको उपचारका लागि ६८ लाखभन्दा बढी जुट्यो
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्रीको थाइल्याण्ड भ्रमणदेखि तीनकुने घटनामा प्रहरीले चलाएको गोलीबारे जानकारीसम्म
-
लुम्बिनीमा उपकुलपतिहरुको अन्तरराष्ट्रिय सम्मेलन
-
भारतमा लडाकु विमान दुर्घटना
-
झापामा सवारी दुर्घटना, एक जनाको मृत्यु