पदबहाली गर्न काठमाडौँबाट विराटनगर आउँदै हिक्मत कार्की, मुख्यमन्त्री कार्यालयका कर्मचारी अन्योलमा

विराटनगर । एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले शुक्रबार पदबहाली गर्न काठमाडौँबाट विराटनगर आउँदै छन् । तर मुख्यमन्त्री कार्यालयका कर्मचारीहरू भने अन्योलमा परेका छन् । कार्कीलाई पदबहाली गर्ने कि उद्धव थापालाई नै गराउने भन्नेबारे अन्यौलता सिर्जना भएको मुख्यमन्त्री कार्यालयका कर्मचारीहरू बत्ताउँछन् ।
माननीय हिक्मत कार्कीको सचिवालयबाट गाडी एयरपोर्टमा पठाइदिनु भनेर पटक पकट फोन आइरहेको छ, एक कर्मचारीले आफ्नो नाम नभन्ने सर्तमा भने हामी अलमलमा परिरहेका छौँ । प्रमुख सचिव ज्यु छलफलका लागि प्रदेश प्रमुखकहाँ जानु भएको छ ।
प्रदेश प्रमुख कार्यालयका निमित सचिव नरेन्द्र कुमार श्रेष्ठले प्रदेश प्रमुखले तोक्ने प्रचलन रहेको बताए । कार्कीले भने काम चलाऊ आफू भएको दाबी गर्दै आएका छन् ।
साउन १७ गतेसम्मका लागि कामचलाउ मुख्यमन्त्री को हुने भन्ने विषयले कर्मचारी अन्योलमा छन् । प्रदेश प्रमुख परशुराम खापुङ सत्ता गठबन्धनका हुन् । आजै पदभार ग्रहण गर्न काठमाडौँबाट विराटनगर आएको कार्की मुख्यमन्त्री रहँदा सामाजिक विकास मन्त्री रहेका बुद्धिकुमार राजभण्डारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनावपूर्ण मड्रिड डर्बी : एटलेटिकोमाथि नाटकीय जित निकाल्दै रियाल च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा
-
फागुपूर्णिमाको दिन आज कसलाई कति लाभदायी ? हेरौं राशिफल
-
विदेशी मुद्रा आज कसको मूल्य कति ?
-
सगरमाथा आरोहणको तयारी सुरु, बाटो बनाउन खटाइए ‘आइसफल डाक्टर’
-
एस्टन भिल्ला च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा
-
राजावादी सक्रीय भएपछि माधव नेपालको पार्टीले गर्यो सङ्घर्ष गर्ने निर्णय