अध्यक्ष लिङ्देनलाई शैलुङको आलु उपहार

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनलाई दोलखा शैलुङ गाउँपालिकाका किसानले आलु उपहार दिएका छन् । पार्टी कार्यालय धुम्बहाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा पुगेर आज उनीहरूले अध्यक्ष लिङ्देनलाई आफ्ना समस्या राख्दै आलु उपहार दिएका हुन् ।
आलु उपहार लिँदै अध्यक्ष लिङ्देनले कृषिमा रु एक खर्बभन्दा अनुदान गए पनि खास किसानमा पुग्न नसक्नु दुःखद् भएको भन्दै किसानको समस्यामा आफूले सहयोग गर्ने बताए । सरकारले दिएको अनुदान पनि बिचौलियामा बढी जानेको कुरालाई आफूलाई मर्माहत बनाएको उल्लेख गर्दै उनले आफूहरूले उत्पादन गरेको आलुको पहिचानसम्म नभएको कुरा गम्भीर भएको ठहर थियो ।
शैलुङ क्षेत्रलाई कृषि र पर्यटनसँग जोड्ने उद्देश्यले राजनीतिक दलका नेता तथा मन्त्रीहरूलाई आलु उपहार दिएको किसानको भनाइ छ । शैलुङ गाउँपालिका–८ का किसान प्रवीण थपलियाले शैलुङको आलु मुढेको भनेर बेच्ने गरेको र खास आलु उत्पादन गर्ने ठाउँ ओझेलमा परेको सुनाए ।
“शैलुङको आलु अग्र्यानिक छ, युरिया मलको प्रयोग गरेको छैन”, शैलुङ क्षेत्रको विकासमा राज्यको ध्यान जाओस् भन्ने उद्देश्यले राजनीतिक दल र मन्त्रीहरूलाई आलु उपहार दिएको उल्लेख गर्दै उनले भने, “यसअघि राजनीतिक दलका नेता तथा मन्त्रीहरूलाई दिने क्रममा आज अध्यक्ष लिङ्देनलाई प्रदान गरेका हौँ ।”
शैलुङका किसानले आलु बेच्नका लागि बाटोको समस्या रहेको र शैलुङबाट उत्पादन भएको आलु मुढेको भनेर बेच्ने गरेका दुःखेसो राखेका थिए । किसानले शैलुङको आलु नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, नेपाली कांग्रेसका महामन्त्री गगन थापालगायतलाई उपहार दिइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय सुरक्षाका लागि सक्षम जनशक्ति आजको आवश्यकता : प्रधानमन्त्री
-
अब सरकारी कोषबाटै पार्टीलाई रकम, उम्मेदवारलाई चुनावमा चन्दा वर्जित !
-
हाम्रो पात्रोको नयाँ अपडेट सार्वजनिक
-
दुर्गा प्रसाईंले भने– म आत्तिएको छैन, यो तस्करविरुद्धको लडाइँ हो (भिडियो)
-
तीनकुने घटनामा नेकपा एसको गुनासो : हाम्रो पार्टी कार्यालयमाथि आक्रमण हुँदा राज्यले सुरक्षामा विभेद गर्यो
-
विमान अवतरण गराउनासाथ पाइलटको मृत्यु