नाइजेरियासँग हारेपछि आयोजक अस्ट्रेलिया दबाबमा
बिहीबार, ११ साउन २०८०, १८ : २५
काठमाडौँ । महिला विश्वकप फुटबल प्रतियोगिताको बिहीबार खेलिएको खेलमा आयोजक अस्ट्रेलियाले निराशाजनक नतिजा बेहोर्नु परेको छ । नाइजेरियाले अस्ट्रेलियालाई ३—२ गोलले हरायो । उक्त नतिजापछि अस्ट्रेलिया दबाबमा परेको छ ।
समूह ‘बी’ मा चारवटै टोलीले दुई—दुई खेल खेलेका छन् । चार अंकसहित नाइजेरिया पहिलो र समान अंक जोडेको क्यानडा दोस्रो स्थानमा छन् । तीन अंकसहित अस्ट्रेलिया तेस्रो स्थानमा छ । दुईवटै खेलमा पराजित भएको आयरल्यान्ड भने उपाधि होडबाट बाहिरिएको छ । समूहगत चरणको अन्तिम खेलमा जुलाई ३१ तारिखमा क्यानडाले अस्ट्रेलियाको सामना गर्नेछ । अर्को खेलमा सोही दिन आयरल्यान्डले नाइजेरियाको सामना गर्नेछ ।