काठमाडौँ । १४ भदौबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘ऐँचो पैँचो’ को ‘काले केटाले’ बोलको गीत सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकार स्वस्तिमा खड्का, मुकुन भुसाल, वर्षा राउत, सुशील सिटौला, कोसिस क्षेत्री, राजाराम पौडेल, शारदा गिरी, बुद्धि तामाङ, विशाल पहारी लगायतको अभिनय छ ।
कार्यक्रममा नेकपा एमालेका नेता योगेश भट्टराई अतिथिको रुपमा सहभागी भएका थिए । कार्यक्रममा नेता भट्टराईले फिल्मको सफल ब्यवसायको लागि शुभकामना दिए । उनले ‘छक्कापञ्जा’ र ‘जारी’ ले राम्रो व्यवसाय गरेको आफुले बुझेको बताउँदै ‘ऐँचो पैँचो’ ले पनि त्यस्तै कमाउन सफल रहोस् भनेर शुभकामना दिए ।
कृषा चौलागाईं निर्देशित फिल्मलाई सोसियो–पोलिटिकल जनरामा निर्माण गरिएको हो । गाउँको सेटिङमा राजनीतिक कथावस्तु समेत बनाइएको फिल्मको सार्वजनिक गीतमा आशिष अविरल र अस्मिता अधिकारीको स्वर रहेको छ । गीतमा एकनारायण भण्डारीको शब्द र आशिषकै संगीत रहेको छ ।
फिल्ममा स्वस्तिमा खड्का, मुकुन भुसाल, वर्षा राउत, सुशील सिटौला, कोसिस क्षेत्री, राजाराम पौडेल, शारदा गिरी, बुद्धि तामाङ, विशाल पहारी, रमेश बुढाथोकी, रविन्द्र झा, सुमन मोटेको अभिनय छ ।
पुरुषोत्तम प्रधानको छायांकन, विपिन मल्ल र भूपेन्द्र अधिकारीको सम्पादन, अभिमन्यू निरवीको कथा र कविराज गहतराजको नृत्य निर्देशन रहेको फिल्म प्रितम लामिछाने र आध्या लामिछानेले निर्माण गरेका हुन् । विशाल चौलागाईं फिल्मका सह निर्मातामा रहेका छन् ।
प्रतिक्रिया