सानिमा बैंकको बैंक ग्यारेन्टी अब अनलाइनबाट
काठमाडौँ । सानिमा बैंकले आफ्ना ग्राहकका लागि अनलाइन बैंक ग्यारेन्टी (जमानत) सेवाको सुरुवात गरेको छ ।
यो सुबिधा अन्तर्गत ग्राहकहरूले बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध अनलाइन पोर्टल मार्फत बैंक ग्यारेन्टीको आवेदन दिन सक्नेछन् । तत् पश्चात बैंक ग्यारेन्टी (जमानत) प्रक्रिया पूरा भएको सूचना आवेदकले इमेल मार्फत प्राप्त गर्नेछन् ।
उक्त सूचना प्राप्त गरे पश्चात सम्बन्धितले सक्कल आवेदन सहित बैंकको काउन्टरबाट बैंक ग्यारेन्टी (जमानत) सङ्कलन गर्ने व्यवस्था मिलाइएको जनाइएको छ । आवेदनमा कुनै समस्या भएमा, कारणसहित इमेल मार्फत समयमै सूचना पठाइने बैंकले जनाएको छ ।
यस प्रबिधिबाट ग्राहकहरूलाई छिटो, छरिटो र झन्झटरहित सेवा प्रवाह गर्न मद्दत पुग्ने बैंकले विश्वास गरेको छ ।
सानिमा बैंककोे सातै प्रदेशमा १३२ वटा कार्यालयहरु र १२३ वटा एटिएम संजालहरु रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाथीभरा आन्दोलनरतपक्ष र गृहमन्त्रीबिच सोमबार छलफल हुन्छ : भट्टराई
-
मुख्य उद्देश्यबाट विमुख उड्डयन प्राधिकरण विधेयक
-
वैकल्पिक राजनीतिक शक्ति निर्माणमा यस्ता छन् बाबुराम भट्टराईका आधार (पूर्णपाठसहित)
-
माओवादी राजनीतिमा औपचारिक रूपमा फर्किए पासाङ, पाए ‘विशेष जिम्मेवारी’
-
धार्मिक सहिष्णुता खलल गरेको आरोपमा एक जना पक्राउ
-
भूमिहीनलाई सरकारी जग्गा होइन, रोजगारी दिनुपर्छ : प्रेम सुवाल