मिस युनिभर्स नेपालका लागि आवेदन खुल्यो
बिहीबार, ११ साउन २०८०, १६ : २६

काठमाडौँ । उमंग क्रियसनले मिस युनिभर्स नेपालको लागि आवेदन आह्वान गरेको छ । सो संस्थाले चौथो संस्करणको मिस युनिभर्सको लागि आवेदन आह्वान गरेको हो ।
बिहीबार पर्यटन बोर्डमा आयोजित पत्रकार सम्मेलनमा उमंग क्रियसनकी राष्ट्रिय निर्देशक नग्मा श्रेष्ठले निवेदन आह्वान गरिएको जानकारी दिएकी छन् । उनका अनुसार यो वर्षदेखि आवेदनमा पनि व्यापक परिवर्तन र फेरबदल गरिएको छ ।
यसअघि मिस युनिभर्सका संस्करणमा तौल र उचाइको मापदण्ड भए पनि यो वर्षदेखि ती दुबै मापदण्ड हटाइएको छ । यो वर्षदेखि विवाहित महिला र आमाहरुले पनि यो प्रतियोगितामा सहभागी हुन पाउने भएका छन् ।
प्रतियोगिताका लागि अगष्ट ३ सम्म मिस युनिभर्स नेपालको वेभसाइट र खल्ती एपबाट आवेदन दिन सकिने आयोजक पक्षले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चोरी भएका २० ओटा दुई पाङ्ग्रे सवारी धनीलाई हस्तान्तरण
-
‘वैशाख ७ गतेदेखि सडकमै खान्छौँ, सडकमै सुत्छौँ’
-
तीनकुने घटनाको असर : बल्खु क्षेत्रमा व्यापारीले लगाए सटर
-
जय राष्ट्रवादको नारा लगाएर बल्खुमा सुरु भयो राप्रपाको खबरदारी सभा
-
मधेस भगवान् राम र लक्ष्मणले ज्ञान आर्जन गरेको ठाउँ हो : प्रधानमन्त्री ओली
-
घरजग्गा कारोबार किन शिथिल ?