सडक विस्तारमा फड्को मार्दै तातोपानी
![सडक विस्तारमा फड्को मार्दै तातोपानी](https://npcdn.ratopati.com/media/news/tatopani-gaupalika_SnMOCVIr4W.jpg)
जुम्ला । तातोपानी गाउँपालिकाले सडक विस्तारमा फड्को मारेको छ । भौतिक पूर्वाधार विस्तारलाई विशेष प्राथमिकतामा राखेर काम गरेको उक्त पालिकाले आर्थिक वर्ष २०७९/८० मा धुले सडक तीन हजार १९ मिटर, ग्राभेल सडक पाँच सय ७० मिटर, सोलिङ सडक पाँच सय ६० मिटर, पिपिसी सडक नौ सय २२ मिटर र आरसिसि सडक दुई सय ५० मिटर निर्माण गरी जम्मा पाँच दशमलव ३०१२ किमि सडक सञ्चालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाइले जानकारी दिए ।
विकासको कामलाई चुस्त र गुणस्तरीय बनाउका लागि अनुगमन समितिले कडाइका साथ नियमित काम गरेकाले बाटोमा सुधार आएको र नागरिकले राहत महसुस हुनेगरी काम गरिएको उनको भनाइ थियो ।
गाउँपालिका इञ्जीनीयर डिल्ली बुढाका अनुसार गोरेटो बाटो निर्माण नौ हजार नौ सय ४७ मिटर, सोलिङ बाटो निर्माण दुई हजार आठ सय ७७ मिटर, पिसिसी बाटो निर्माण आठ सय ९४ मिटर र आरसिसी सडक ७८ मिटर गरी जम्मा १३ दशमलव ७९६ किमि सडक निर्माण भएको उनले जानकारी दिए ।
त्यस्तै गाउँपालिकाले विद्युत् लाइन विस्तार र मर्मत पाँच वटा, झोलुङ्गे पुल र ट्स पुल निर्माण दुई, तटबन्ध ११ वटा निर्माण गरेको प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्वतमा निर्माणाधिन सडक योजनामा १६ करोड बजेट थप
-
'जनवरी २० पछि देश निकालाका लागि आइसले मागेको छैन नेपालीको ट्राभल डकुमेन्ट'
-
सफल बन्न बिहान १० बजेअघि गर्नुहोस् यी १० काम
-
नेपाल प्रहरीका ७५ जना इन्स्पेक्टर डीएसपी बढुवामा सिफारिस (सूचीसहित)
-
विश्वभर पुरुषहरूमा निःसन्तानपन बढ्नुको मुख्य कारण के हो?
-
पुष्पसदन टेबलटेनिसमा सेन्टमेरिज र डिलाईटको जित