समाजवादी मोर्चाको कार्यविधि पारित
_sYCYsbEe8u.jpg)
काठमाडौँ । समाजवादी मोर्चाले चार सदस्यीय सचिवालय गठन गर्ने व्यवस्थासहितको कार्यविधि पारित गरेको छ । मोर्चामा आवद्ध दलसँगको समन्वयमा काम कारबाही तथा गतिविधिलाई व्यवस्थित बनाउन पारित गरिएको कार्यविधिमा सचिवालय तथा सचिवालयको काम, कर्तव्य र अधिकारबारे छ बुँदे व्यवस्था गरिएको छ ।
“मोर्चाले तय गरेको नीति, योजना र कार्यक्रमको कार्यान्वयन र अनुगमनका साथै दैनिक कार्य सञ्चालनका लागि एक सचिवालय गठनको व्यवस्था गरिएको छ । सचिवालयमा मोर्चा घटक दलबाट १र१ जना प्रतिनिधि रहने र सचिवालयले केन्द्रीय संयोजन समितिको निर्णय कार्यान्वयनका लागि कार्ययोजना बनाउने छ”, कार्यविधिमा उल्लेख गरिएको छ ।
कार्यविधिमा संयोजन समितिका सम्पूर्ण बैठक र निर्णयको सचिवालयले व्यवस्थित रूपमा अभिलेख राख्नुका साथै जुन दलले मोर्चाको अध्यक्षता गर्छ सोही दलको प्रतिनिधित्व गर्ने मोर्चाको सचिवालय सदस्य मोर्चाको सदस्य सचिव हुने व्यवस्था गरिएको छ । मोर्चाको बैठक तथा कार्यक्रमको सञ्चालन, एजेन्डा प्रस्तुत, कार्यालयको प्रशासनिक कामको नेतृत्व तथा बैठकको माइन्युट तयार गर्ने जिम्मेवारी सदस्यसचिवलाई दिइएको छ ।
सचिवालयमा एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाल, नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ, जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ, नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा हुनुहुनेछ । एकीकृत समाजवादीका उपाध्यक्ष हमाललाई सदस्यसचिवको जिम्मेवारी दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सञ्चो’ कम्पनीमा २८ करोड क्षति : पुनः सञ्चालन सम्भव छ ?
-
हरेक दिन २० पुस-अप गर्नुहोस्, पाउनुहुनेछ ५ परिवर्तन
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
कंगोको राजधानीमा मुसलधारे वर्षाका कारण ३० जनाको मृत्यु
-
छ वर्षपछि उत्तर कोरियामा प्योङयाङ म्याराथन, विदेशीहरूको पनि सहभागिता
-
गर्मीमा हरेक दिन एक टुक्रा काँचो प्याज खानुका ७ फाइदा