पाल्पामा सम्बन्ध विच्छेदका मुद्दा बढ्दै

पाल्पा । पाल्पामा पछिल्लो तीन वर्षयता सम्बन्ध विच्छेद गर्नेको सङ्ख्या बढ्दै गएको छ । जिल्ला अदालत पाल्पामा दर्ता भएका मुद्दामध्ये ४३ प्रतिशत सम्बन्ध विच्छेदका मुद्दा रहेका छन् ।
आर्थिक वर्ष २०७९/८० मा एक हजार १७ मुद्दा दर्ता भएकामा चार सय ४३ सम्बन्ध विच्छेदका रहेका जिल्ला अदालतका तहसिलदार भेषराज खनालले बताए । उनका अनुसार सम्बन्ध विच्छेदका तीन सय ६३ मुद्दा मात्र फस्र्यौट भएका छन् । गत आवमा दर्ता भएका कूल मुद्दामध्ये ७१ दशमलव ६८ प्रतिशत फस्र्यौट भएको जिल्ला अदालतले जनाएको छ ।
त्यस्तै, आव २०७८/७९ मा आठ सय ३४ मुद्दा दर्ता भएकामा तीन सय ७४ मुद्दा सम्बन्ध विच्छेदका थिए । सो अवधिमा दुई सय ९२ मुद्दा फस्र्यौट भएका थिए । आव २०७७/७८ मा छ सय ३६ मुद्दा दर्ता भएकामा दुई सय २८ सम्बन्ध विच्छेदसम्बन्धी मुद्दा दर्ता भएका थिए । सो अवधिमा एक ४६ मुद्दा मात्र फस्र्याैट भएका खनालले बताए । उनका अनुसार पछिल्लो तीन वर्षमा जिल्लामा दुई हजार चार सय ८७ मुद्दा दर्ता भएकामा एक हजार ४५ सम्बन्ध विच्छेदका छन् ।
अपरिपक्व उमेरमा गरिएको विवाह, प्रेम विवाह र वैदेशिक रोजगारीलगायत कारणले सम्बन्ध विच्छेद गर्ने दम्पतीको सङ्ख्या बढ्दै गएको खनालको भनाइ छ । उनका अनुसार अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा धेरै सम्बन्ध विच्छेदका छन् ।
वैदेशिक रोजगार, कम उमेरमा विवाह, प्रेम विवाह, सामाजिक सञ्जालको बढ्दो प्रयोग र अन्य पारिवारिक समस्याका कारण पछिल्ला समयमा सम्बन्ध विच्छेद गराउनेको सङ्ख्या बढ्दै गएको देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्टनेटमा हेरेरै केराको खम्बाबाट कागज उत्पादन
-
पर्वहरूले राष्ट्रिय भावनाको जगेर्ना गर्न सहयोग पुर्याएका छन् : सभापति देउवा
-
‘महाशिवरात्रि पर्वले नेपालीबिच आपसी सद्भाव बलियो बनाउँछः सभामुख घिमिरे
-
आज यी तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
-
अमेरिका र युक्रेन खनिज सम्झौताका लागि सहमत, ट्रम्पले जेलेन्स्कीलाई किन बोलाए वाशिंटन ?
-
पाशुपत क्षेत्र नेपालमा रहनु समस्त हिन्दूका लागि गौरवको विषय : राष्ट्रपति पौडेल