मधेसमा खानेपानीको हाहाकार भएपछि छलफलमा जुट्यो मन्त्रालय

काठमाडौँ । तराई मधेसमा पानी हाहाकार भएको छ । चपा (हाते कल) कल, इनार सुक्न थालेपछि तराई मधेसका विभिन्न जिल्लामा पानीको हाहाकार भएको हो ।
पानीको हाहाकारको विकल्पको बारेमा सरकारले छलफल थालेको छ । तराई मधेसमा देखिएको खानेपानी समस्या र समाधानका उपायको विषयमा खानेपानी मन्त्री महेन्द्रराय यादवले मन्त्रालयमा छलफल गरिरहेका छन् ।
खानेपानी मन्त्री यादवले मन्त्रालयमा तराई मधेसका सांसद तथा अन्य सरोकारबालाहरुलाई राखेर छलफल गरिरहेका हुन् ।
मधेस प्रदेशका आठ वटै जिल्लामा यो समस्या देखिएको छ । महेन्द्रराजमार्ग तल तथा त्यस वरपर पानीको अत्यधिक हाहाका भएको छ । महोत्तरी, धनुषा, सर्लाही, बारा, पर्साका कतिपय ठाउँमा ट्याङ्कीबाट पानी वितरण सुरु गरिएको छ ।
स्थानीयहरु पानीको विकल्प खोजी रहेका छन् । पुराना इनार तथा कुवालाई सफा गरिरहेका छन् । पोखरी तथा तलाउलाई पनि प्रयोगमा ल्याउने गरी सरसफाइ सुरु गरिरहेको बताइएको छ । स्थानीय तहले सबै कुरा सम्भव नभएकाले तराई मधेसका नेताहरुले सरकारलाई गुहारेका छन् ।
एक साताअघि खानेपानी मन्त्री यादव र जसपाका नेता एवं पर्साका सांसद प्रदीप यादवले प्रधानमन्त्री प्रचण्डलाई भेटेर तराई मधेसमा देखिएको पानीको हाहाकारको बारेमा ध्यानाकर्षण गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्ता गठबन्धनबिच कुनै विवाद छैन : सभापति देउवा
-
संघीय संसद्को हिउँदे अधिवेशन सुरु
-
१३ वर्षमा दुई सय गोल गर्दै लेस्टर सिटीबाट बिदा हुँदैछन् प्रभावशाली खेलाडी जेमी भार्डी
-
दुर्घटनाग्रस्त भएपछि समुद्रमा खस्यो विमान
-
ललितपुर महानगरको विकास कसैले रोकेर रोकिँदैन: मेयर महर्जन
-
प्रतिनिधिसभा बैठकमा आज दलीय आधारमा नेताहरूले धारणा राख्ने (कार्यसूचीसहित)