किन विदेश उडे मोडल सविन कार्की ?
बिहीबार, ११ साउन २०८०, ११ : ३८

काठमाडौंँ । युवापुस्ता माँझ लोकप्रिय मोडल सविन कार्की विदेश उडेका छन् । उनले बुधबार सामाजिक सञ्जालमा एक पोष्ट गर्दै आफु विदेश उडेको जानकारी दिएका हुन् । ‘सम्झनाहरुका लागि धन्यवाद, गुबाई नेपाल’ उनले पोष्ट गरेका छन् । उनले विदेश यात्रामा कहाँ र किन भन्ने बिषयमा केही खुलाएका छैनन् ।
कार्कीलाई धेरैले बीस्ट भनेर चिन्छन् । उनको ‘बीस्ट’ नामको युट्युव च्यालन पनि छ । कार्टुन क्रुजका डान्सरको रुपमा उदाएका उनका ‘फन्टास्टिक’, ‘भाइरल भैइदियो’ निकै हिट म्युजिक भिडियो हो ।
भिडियो मोडलिङबाट कोरियोग्राफी समेत थालेका उनी पछिल्लो समय गीत लेख्ने, गाउने, कमेडी गर्ने र म्युजिक भिडियो निर्देशन समेत गर्दै आएका थिए । सानैदेखि नाचगानमा रूची भएका गुल्मीका सविन झन्डै एक दशक कार्टुन क्रुजमा काम गरेपछि अलग्गिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म ‘सिटामोल’को प्रदर्शन मिति घोषणा, पाेष्टर सार्वजिनक
-
पिताम्बरकाे प्रतिक्रिया सकारात्मक : निर्देशक कृषा चाैलागाई
-
लयमा फर्किँदै वीरगन्ज, नयाँ वर्षमा छैन रौनक (फोटोफिचर )
-
वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने
-
नयाँ वर्ष पारेर राजेश हमाल सरे बुढानीलकण्ठस्थित नयाँ घर
-
नयाँ वर्ष पारेर ‘ढुकढुकी’ निर्माण घोषणा