मध्यपहाडी लोकमार्ग अवरुद्ध
बिहीबार, ११ साउन २०८०, ११ : ००

बागलुङ । मध्यपहाडी लोकमार्गअन्तर्गत निसीखोला–रुकुमकोट सडक खण्ड अवरुद्ध बनेको छ । केही दिनयता परेको अविरल वर्षापछि आएको पहिरोका कारण सो सडकखण्ड अवरुद्ध बनेको हो ।
निसीखोला गाउँपालिका–४ र ५ को सिमाना धरमशाला तथा कालापैरा–२ को खाडुखोलामा बुधबार रातिदेखि आएको बाढी र सडकमा लेदो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको हो ।
सडक अवरुद्ध भएसँगै सो क्षेत्र भएर चल्ने सवारीसाधन ठप्प भएका छन् । रुकुुम पूर्वदेखि काठामाडौं, पोखरा तथा बुर्तिबाङदेखि निसी, भल्कोट हुँदै पूर्वी रुकुम र रोल्पा पुग्ने साना ताथा ठूला यातायातका सवारीसाधान कानाबगरमा रोकिएका छन् । सडक खुलाउने प्रयास भने भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल : गुजरातलाई उछिन्दै शीर्ष स्थानमा उक्लियो दिल्ली
-
झापा भद्रपुरको राजस्व कार्यालयले नौ महिनामा गर्यो दुई अर्बबढी सङ्कलन
-
१२ बजे, १२ समाचार : ईयूको लिष्टमा सात देश ‘सुरक्षित’ घोषितदेखि प्रहरीका ७५ जना सई वरिष्ठ सईमा बढुवाका लागि सिफारिससम्म
-
ईयूको नयाँ नीति : सात देश ‘सुरक्षित’ घोषित, शरण प्रक्रियामा कडाइ
-
७५ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस
-
कोरला नाकाबाट धार्मिक तथा पर्यटकीय गन्तव्यको बृहत्त सरसफाइ अभियान शुभारम्भ