सिनर्जी पावरको हकप्रद सेयर दाबी गर्ने आज अन्तिम दिन
काठमाडौँ । सिनर्जी पावर डेभलपमेन्टको ५० प्रतिशत हकप्रद सेयर दाबी गर्न सेयरधनी बन्ने बिहीबार अन्तिम दिन हो । बिहीबारसम्म कायम सेयरधनीले मात्र यस हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।
कम्पनीले हकप्रद सेयर जारी गर्न भने बाँकी छ । तर हकप्रद बिक्रीका लागि यसले शुक्रबार साउन १२ गते बुक क्लोज गर्ने भएको छ । यसअधारमा आज बिहीबार साउन ११ गतेसम्म कायम रहने सेयरधनीले मात्र यस हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।
सिनर्जी पावरलाई नेपाल धितोपत्र बोर्डले २ः१ अनुपातमा ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिइसकेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा हकप्रद बिक्री गर्नेछ । यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गर्नेछ ।
हाल यस कम्पनीको चुक्ता पुँजी ८० करोड ६५ लाख ७५ हजार रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्कासनपछि सिनर्जीको चुक्ता पुँजी १ अर्ब २० करोड ९८ लाख ६२ हजार रुपैयाँ पुग्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपाको जलपानमा प्रधानमन्त्री, तस्बिरहरू
-
स्करपियो र कार ठोक्किँदा घाइतेमध्ये एक जनाको मृत्यु
-
ह्वाइट वासबाट जोगियो श्रीलंका
-
मुलुकको आर्थिक विकासका लागि अध्यादेशमार्फत कानुन संशोधन : गृहमन्त्री
-
जोसेफ स्टालिन र राजा महेन्द्र : नेतृत्वका जटिलता र चुनौती
-
७ करोड ठगेको आरोपमा काठमाडौँ–४ का पूर्व वडाअध्यक्ष पक्राउ