केस्ट माइको लाइफ इन्स्योरेन्सको ‘लघु जीवन बीमा’ सुरु
बुधबार, १० साउन २०८०, २० : ४९
सुर्खेत । केस्ट माइको लाइफ इन्स्योरेन्स लिमिटेडले लघु जीवन बीमा सेवाको औपचारिक रुपमा सुरु गरेको छ ।
वीरेन्द्रनगरमा बुधबार आयोजित एक समारोहमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेलले कम्पनीको औपचारिक कारोबार उद्घाटन गरेका हुन् ।
निर्देशक पौडेलले तल्लो तहसम्म बीमा सेवा पुर्याउन कम्पनीलाई सुझाव दिए ।
कम्पनीका अध्यक्ष ऋषिराज मोरले जीवन बीमा लेखको वास्तविक आवश्यकता भएका न्यून आयका गरिब, तल्लो तह, पिछडिएका वर्ग र समुदाय तथा परम्परागत बीमा कम्पनीमा समेटिन नसकेका वर्गलाई लघु जीवन बीमा सुविधा उपलब्ध गराई उनीहरुको आर्थिक सुरक्षाको लक्ष्य लिएर कम्पनी स्थापना गरेको जानकारी दिए ।
लघु जीवन बीमाको माध्यमबाट देशमा छरिएर रहेको पुँजी एकीकृत गरी राष्ट्रको पुँजी निमार्णमा योगदान गर्न सकिने धारणा अध्यक्ष मोरले व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेश खेलकुद परिषद्मा ४ जना सदस्य नियुक्त
-
अति संवेदनशील मतदान स्थलमा १६ जना प्रहरी परिचालन गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय
-
कोशी प्रदेशका पूर्वमन्त्री अधिकारीलाई मुद्दा नचलाउने यी हुन् ९ आधार
-
क्रिप्टो कारोबारमा मुछिएका ३३ जना धरौटीमा रिहा, तीन जना विदेशी नागरिक पूर्पक्षका लागि कारागार चलान
-
बागमतीका २ सचिवलाई थप जिम्मेवारी तोक्ने निर्णय
-
अस्ट्रेलियाका इङ्लिस पञ्जाब र भुवनेश्वर कुमार बेंगलुरुमा, बिक्री भएनन् शाई होप