डेंगु प्रकोप
धरानमा डेंगुका कारण ७ जनाको मृत्यु
बुधबार, १० साउन २०८०, १६ : २८

धरान । धरानमा डेंगुका कारण ७ जनाको मृत्यु भएको छ । जेठ महिना देखि धरानमा डेंगु फैलिएको थियो ।
धरान उपमहानगरपालिकाका स्वास्थ्य प्रमुख उमेश मेहताकाअनुसार ३ हजार ५ सय ३२ जना डेंगु परीक्षण गर्दा २ हजार ६६ जनामा डेङगु सङ्क्रमण देखिएको छ ।
यो कुल सङ्ख्या मध्ये ५८ प्रतिशत हो । उपमहानगरपालिकाले डेंगी नियन्त्रणका लागि भन्दै सर्च एण्ड डिस्ट्रोयलाई नै प्रभावकारी उपायाको रुपमा लिएर काम अगाडि बढाइरहेको दावी गरेको छ ।
धरानका प्रमुख हर्क साम्पाङ, उपप्रमुख आइन्द्र विक्रम बेघा, स्वास्थ्यकर्मीसहितको टोलीले धरानको ११, १५ र १६ नम्बर वडामा खोज र नष्ट गर ‘सर्च एण्ड डिस्ट्रोए’ अभियान चलाएको छ ।
धरानको ११, १५, १७ र १८ नम्बर वडा बढी प्रभावित देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मञ्जुश्री ट्रेल रेस चैतमा
-
कमल थापाले भने– राजाको आह्वानलाई जनताको अनुमोदन
-
बम राखिएको हल्लापछि न्युयोर्क उडेको विमान साढे ८ घण्टापछि मुम्बई डाइभर्ट
-
लामिछाने तारिखका लागि वैशाख २३ गते पुनः रुपन्देही आउनुपर्ने
-
सर्त राखेर परमाणु कार्यक्रममाथि अमेरिकासँग वार्ता गर्न तयार भयो इरान
-
४५ सेकेण्डको विज्ञापनका लागि अल्लु अर्जुनलाई कसले दियो ३०० करोड ?