राजेन्द्र लिङ्देनको प्रश्न–बाह्य दबाब र सूचनाको आधारमा देखाउनकै निम्ति सुन पक्रने काम भएको हो ?

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भइरहेको सुन तस्करीको जरोसम्म पुग्न माग गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै लिङ्देनले नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण र सुन तस्करी प्रकरणको जरोसम्म पुग्न नसकेको बताउँदै उनले सरकार त्यसतर्फ अग्रसर नभएको बताए ।
उनले भने, ‘अहिलेपनि हामीले १ क्विन्टल, डेढ क्वीन्टल सुन प्रक्रिया, यो चानचुने कुरा हो भनेर सरकारको तर्फबाट आइरहेको छ । त्यो कुनै सूचनाको आधारमा पक्राउ पर्यो होला नि त । त्यो सूचनाको स्रोत को हो ? त्यो सूचना दिने स्रोतले त्यसमा को को संलग्न छ भन्ने सूचना दिएन होला ? कि यो कुनै बाह्य दबाब र सूचनाको आधारमा कसैलाई देखाउनकै निम्ति यो एक ट्रिप सुन पक्रने काम भएको हो ? हामीलाई आएको केही सूचना अनुसार यो आकस्मिक रुपमा पक्रेको वा थाहा पाएको आधारमा पक्रेको होइन । नेपाल सुन तस्करको ट्रान्जिट पाेइन्ट भइरहेको छ । अरुले दिएको सूचना र दबाबका आधारमा पक्राउ भएको भन्ने कुरा बजारमा आएको छ ।’
उनले भरियालाई पक्रेर सुन तस्करका नाइकेहरुलाई जोगाउन काम नगर्न आग्रह गरेका छन् । अहिले अनुसन्धानका नाममा अहिले झारा टार्ने काम भइरहेको बताउँदै अनुसन्धानका लागि छानबिन आयोग बनाउन माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मनीमा हार व्यहोरेर पनि बार्सिलोना च्याम्पियन्स लिगको सेमीफाइनलमा
-
यस्तो छ आज विदेशी मुद्राको दरभाउ, कसको मूल्य कति ?
-
सुनसरी गोली प्रहार घटनामा संलग्न तीन जना पक्राउ
-
१२ बजे, १२ समाचार : शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वानदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिससम्म
-
मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?