महिला विश्वकप : एसियाली राष्ट्र जापानको लगातार दोस्रो जित

काठमाडौँ । महिला विश्वकप फुटबल प्रतियोगितामा एसियाली राष्ट्र जापानले लगातार दोस्रो जित हासिल गरेको छ । समूह ‘सी’ अन्तर्गत बुधबार भएको खेलमा जापानले कोस्टारिकालाई २-० गोलले पराजित गर्यो ।
यसअघि आफ्नो पहिलो खेलमा जापानले जाम्बियालाई ५-० गोलको ठुलो अन्तरले हराएको थियो । लगातार दोस्रो जितसँगै जापानले नकआउट चरणको सम्भावना पनि बलियो बनाएको छ । दुई खेलबाट ६ अङ्क बटुल्दै जापान तालिकाको पहिलो स्थानमा छ ।
तालिकाको दोस्रो स्थानमा आसिन स्पेनले एक खेलबाट तीन अङ्क जोडेको छ । तेस्रो स्थानमा रहेको कोस्टारिका र चौथो स्थानमा रहेको जाम्बियाले भने खाता खोल्न सकेका छैनन् । बुधबार नै स्पेन र जम्बियाबीच खेल हुँदैछ ।
कोस्टारिकाविरुद्घको खेलमा जापानले दुबै गोल तीन मिनेटको बीचमा गरेको थियो । निर्धारित समयको २५औँ मिनेटमा जापानका लागि हिकारु नाओमोतोले पहिलो गोल गरेकी थिइन् । २७औँ मिनेटमा ओबा फुजिनोले अर्को गोल थप्दै जापानलाई महत्त्वपूर्ण तीन अङ्क दिलाएकी हुन् । जापानले समूहगत चरणको अन्तिम खेल ३१ तारिखमा स्पेनसँग खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार सय वर्ष पुरानो सिवालय ओझेलमा
-
सातै प्रदेशका मुख्यमन्त्रीविरुद्धको रिटमा सर्वोच्चले मगायो ६ वर्षअघिको सरकारको निर्णय
-
सलहेश फूलबारी परिसरमा ‘अम्बेडकर पार्क’ बन्ने
-
डिजिटल वालेटमार्फत झण्डै १८ अर्ब अवैध रकम बैकिङ्ग च्यानलमा, २१ जनामाथि अनुसन्धान
-
रोजगारी सिर्जनादेखि विदेशी मुद्रा आर्जन गर्दै नेपाली चिया
-
खुम्बु क्षेत्रमा भारी हिमपात