भारत भ्रमणमा गएका माओवादीका नेताले भेट्न पाएनन् भारतीय विदेशमन्त्रीलाई

काठमाडौं । भारत भ्रमणमा रहेका माओवादी केन्द्रका नेताहरुले त्यहाँका विदेश मन्त्री एस. जयशंकरसँग भेट गर्न प्रयासरत रहे पनि समय पाउन सकिरहेका छैनन् । भारतीय जनता पार्टीको निमन्त्रणामा माओवादीका उपाध्यक्ष पम्पा भुसालको नेतृत्वमा पाँच सदस्यीय टोली साउन ७ गते दिल्ली पुगेको छ ।
भाजपाको हेडक्वाटर दुई पटक पुगेर भाजपाका अध्यक्ष लगायतका विभिन्न नेतासँग भेटघाट तथा छलफल गरेका उनीहरुले हालसम्म भारतीय विदेश मन्त्रीलाई भेट्न पाएका छैनन् । त्यसो त भारतीय विदेश मन्त्री एस.जयशंकरलाई भेट्ने कार्यतालिका थिएन । तर भाजपाकै तर्फबाट विदेशमन्त्री एस.जयशंकरसँग भेट गराउने प्रयास भइरहेको छ ।
भ्रमण टोलीमा रहेका एक नेताका अनुसार मंगलबार नै भारतीय विदेशमन्त्री एस.जयशंकरसँग भेट्ने कार्यक्रम थियो । मन्त्रीको सचिवालयबाट समय मिलाउने प्रयास भइरहेको भन्ने खबर आए पनि समय मिल्न नसकेको उनले बताए ।
माओवादीका नेताहरुले विदेशमन्त्रीसँग भेट गर्ने प्रतीक्षामा अन्य कुनै कार्यक्रम बनाएनन् । उनीहरु भारतीय विदेश मन्त्रीसँग भेट गर्ने समय कुर्दै दिनभर होटलमै बसे तर भेट हुन पाएन ।
बुधबार माओवादी नेताहरु देहरादुनका लागि हिँडिसकेका छन् । त्यहाँ आज साँझ ऋषिकेशमा गंगा आरती गर्नुको साथै भाजपाका नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम छ । भोलि वा पर्सिसम्म पनि भारतीय विदेशमन्त्रीसँग भेट्ने सम्भावना रहेको भ्रमणमा रहेका एक नेताले बताए ।
माओवादीका नेताहरु साउन १२ गते फर्किदैछन् । माओवादीका नेताहरुले आज भारतस्थित नेपाली दुतावासमा गएर नेपाली राजदूत डा.शंकरप्रसाद शर्मासँग छलफल तथा भेटघाट गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्रहरीका ६ जना डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस
-
अमेरिका र इरानबिच दोस्रो चरणको वार्ता रोममा हुने
-
झरिमा जनजीवन (तस्बिरहरु)
-
वैशाखमा ५ फिल्म : ऐतिहासिक ‘जार’देखि सामाजिक कथाको ‘झिल्को’सम्म
-
बागमतीका निलम्बित मेयर थापाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा, अर्को पेसी आइतबार
-
विश्वप्रकाशको प्रश्न : सरकार सफल हुने भनेको मौन धारण गरेर हो ?