सुन तस्करी प्रकरण : संसदमा गृहमन्त्रीमाथि प्रश्न उठाउने एमालेको तयारी

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि संसदमा प्रश्न उठाउने भएको छ । नयाँ बानेश्वरमा मध्यान्ह १२ बजे बस्ने एमाले संसदीय दलको बैठकमा संसदमा कसरी प्रस्तुत हुने भन्नेबारेमा निर्णय हुने एमाले प्रमुख सचेतक पदम गिरीले रातोपाटीलाई जानकारी दिए ।
गिरीले भने, ‘संसदमा कसरी प्रस्तुत हुने भन्ने बारेमा १२ बजे बस्ने संसदीय दलको बैठकले निर्धारण गर्नेछ । क्विन्टलका क्विन्टल सुन तस्करीमा गृह प्रशासन र अर्थमन्त्रालयका कर्मचारीको संलग्नता प्रष्ट देखियो । भन्सारका कर्मचारी र प्रहरीको संलग्नता देखियो । सामान्य कर्मचारीको मात्र संलग्नता हैन भन्ने हाम्रो भनाई हो । यसको जिम्मेवारी मन्त्रीहरुले लिनैपर्छ । यी विषय लिएर हामी संसदमा प्रस्तुत हुन्छौँ ।’
एमालेले उठाएको कुरालाई सरकारले कसरी लिन्छ भोलि र पर्सिका बैठकमा एमाले सोही रुपमा प्रस्तुत हुने प्रमुख सचेतक गिरीले बताए । आज दिउँसो १ बजेका लागि प्रतिनिधिसभाको बैठक बोलाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
‘एमाले नेतृत्वको सरकार बनेपछि देश स्थिरताको बाटोमा’
-
ललितपुरमा सकारात्मक सोँच सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
-
युवा साहित्य सम्मेलनको वक्तृत्वकलामा विनिताले जितिन् एक लाख पुरस्कार
-
काठमाडौँ महानगरले प्रकाशन गर्यो कक्षा ८ को अन्तिम नतिजा
-
नृपेशको ‘तिम्रो मायाको मलाई’ मा बज्राचार्यको स्वर
-
पोखरामा नयाँ वर्ष महोत्सवमा भक्तपुरे विस्केट जात्रा