मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

हाडनाताले कृष्णसार जोखिममा !

मङ्गलबार, ०६ चैत २०७४, ०६ : ३३
मङ्गलबार, ०६ चैत २०७४

एकै प्रजाति र वंशभित्रको प्रजननका कारण लोपोन्मुख वन्यजन्तु कृष्णसारमा प्राकृतिक गुण हराउन थालेको छ ।बर्दियाको गुलरिया नगरपालिकास्थित खैरापुर संरक्षण क्षेत्रको प्राकृतिक वासस्थानमा पाइने कृष्णसारमा दशकौंदेखि एकै प्रजातिभित्र संसर्ग (इनब्रिडिङ) भइरहँदा प्राकृतिक गुण हराउँदै गएको हो ।

संरक्षित सूचीमा रहेको कृष्णसारको यस्तो संसर्ग पछिल्लो समय जटिल चुनौतीका रूपमा देखिएको कृष्णसार संरक्षण क्षेत्र कार्यालयका प्रमुख पुरुषोत्तम शर्माले बताए । नयाँ कृष्णसारमा प्राकृतिकपन हराउँदै गएको उनले बताए ।

विश्वमा पाइने चार प्रकारमध्ये बर्दियामा एन्टिलोप सर्भिक्याप्रा रुपिक्याप्रा प्रजातिका कृष्णसार पाइन्छन् ।

शर्माले बर्दियाका कृष्णसार ०३२ सालदेखि नै एकैखाले संसर्गमा रहेको प्रस्ट्याए । यस्तो संसर्गबाट जन्मिएका कृष्णसार महामारीजन्य रोग लागेमा सखाप हुन सक्ने खतरा रहने उनी बताउँछन् ।

उनले भने, ‘वैशाख, जेठको टन्टलापुर घाममा पनि खुलाचौरमा बस्न सक्ने यसको प्राकृतिक गुण हो । कृष्णसारको पोथीमा सिङ हुँदैन तर खैरापुरमा अवस्थित पोथी कृष्णसारमा यी प्राकृतिकपन हराएको छ ।

एकैखाले प्रजातिको संसर्गबाट जन्मिएका कृष्णसार टन्टलापुरे घाममा बस्न सक्दैनन् । रोग प्रतिरोधात्मक क्षमता घट्दो छ ।’यो खबर आजको अन्नपुर्ण पोष्टमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप